अमेरिकाको टेक्सासको विद्यालयमा गोली चलाउँदा कम्तीमा १९ बालबालिकासहित २१ को मृत्यु

अमेरिकाको टेक्सासको विद्यालयमा  गोली चलाउँदा कम्तीमा १९ बालबालिकासहित २१ को मृत्यु
तस्बिर : गुगल
www.europenepalikhabar.com २०७९ जेठ ११ गते बुधबार, 25-05-2022


टेक्सासको प्राथमिक विद्यालयमा १८ बर्षको टिनएजरले गोली चलाउँदा कम्तीमा १९ बालबालिका र २ बयस्कको मृत्यु भएको छ । बन्दुकधारीले शिक्षकको समेत हत्या गरेको छ ।

प्रहरीले बन्दुकधारीको पहिचान गरिसकेको छ । टेक्सासका गभर्नरका अनुसार उक्त युवकको नाम साल्भाडोर रामोस हो । दक्षिणी टेक्सासको विद्यालयमा गोली चलाउने बन्दुकधारी पनि प्रहरी कारवाहीमा मारिएको जनाइएको छ । टीनएजरले गोलीकाण्डको सुरुमा आफ्नै हजुरआमाको हत्या गरेको थियो ।

सान एन्टोनियोबाट करिब ८० माइल टाढा रहेको टेक्सासको रोब्स इलिमेन्टरी स्कूलमा आक्रमण भएको हो ।

मृत्यु हुनेमा अधिकांश दोस्रो, तेस्रो र चौथो कक्षाका बालबालिका रहेका छन्, जसको उमेर ७ देखि १० वर्षसम्म रहेको बताइएको छ ।

घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गर्दै भने, ‘बालबालिका गुमाउनु भनेको तपाईंको मुटुको टुक्रा गुमाउनु जस्तै हो। अब समय आयो दुःखलाई एक्शनमा बदल्ने ।’

करिब ५ सय बालबालिका यसमा अध्ययनरत रहेको बताइएको छ ।

राष्ट्रपति बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।

स्थानीय अस्पतालका अनुसार विद्यार्थीहरूलाई आकस्मिक सेवा उपलब्ध गराइएको छ। अधिकारीहरूका अनुसार घटनामा मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ।

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारीसले यस्ता गोलीकाण्ड नदोहोरिऊन् भनेर सुनिश्चित गर्नका लागि “उचित र समझदारीपूर्ण” नीति बनाउन आह्वान गरेकी छन्।

मङ्गलवारको घटनामा दुईजना प्रहरी अधिकारी घाइते भएको तर उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित