किन भयो श्रीलंकामा यस्तो दुर्दशा, नेपालमा यसको प्रभाव कस्तो पर्ला ? (भिडियो सहित)

किन भयो श्रीलंकामा यस्तो दुर्दशा, नेपालमा यसको प्रभाव कस्तो पर्ला ? (भिडियो सहित)
www.europenepalikhabar.com २०७९ असार २६ गते आइतबार, 10-07-2022


गहिरिदो आर्थिक तथा राजनैतिक संकटका बिच श्रीलंकाका राष्ट्रपति गोटापाय राजापाक्षे र प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजिनामाको घोषणा गरेका छन् । पदत्याग गर्न अस्वीकार गर्दै आएका शक्तिशाली श्रीलंकन राष्ट्रपतिको भवन प्रदर्शनकारीहरुले कव्जा गरेका थिए भने प्रधानमन्त्रीको निबासमा आगज़नी गरेका थिए । अब श्रीलंकामा सर्वदलीय सरकार बन्ने छ तर आर्थिक संकटको समाधान कसरी हुन्छ भन्ने कुरा अज्ञात नै रहेको छ । 

२ करोड २० लाख जनसंख्या रहेको टापुहरुको राष्ट्र श्रीलंका दक्षिण एशियाको सुन्दर मुलुक हो जो ग़लत राजनैतिक नेतृत्वका कारण केही वर्ष यता निरन्तर ओरालो यात्रामा छ । केही हप्ता अगाडी प्रधानमन्त्री स्वयंले श्रीलंकालाई ‘टाट पल्टिएको’ घोषणा गरेका थिए । श्रीलंकामा तीन वर्ष देखि शिक्षण संस्थाहरु बन्द छन् (online classes ले शिक्षण धानेको छ)। डलरको भाउ बिश्वकै सबभन्दा खराब अबस्थामा छ (१डलर = ३६२ रुपी) । इन्धनको यति अभाव छ कि ग्यास लगायत इन्धन खरिद गर्न बसेको लाइनमा झडप हुंदा करिब दुई दर्जन व्यक्तिहरुको मृत्यु भैसकेको छ । दैनिक १३ घण्टा बढ़ी बिद्युत प्रसारण अबरुद्ध हुने गर्छ जसले गर्दा चरम गर्मीका कारण जनजीवन अस्तव्यस्त छ । सरकारी अस्पतालहरुमा औषधी र स्वास्थ्य सामाग्री छैनन्, निजि अस्पताल बन्द छन् । नीजि क्षेत्रका सवारी साधन ठप्प छन्, ट्रेन चढ्नै नसक्ने गरी भरीभराउ छन् भने साइकल चढ्ने संख्या बढिरहेको छ । मूद्रास्फिती ४० प्रतिशतबाट उकालो चढिरहेको छ । 

मुख्य आयश्रोत पर्यटन भएको श्रीलंकामा कोरोना माहामारी यता संकट बढ्दो छ । सरकारले कोरोना संकटलाई अर्थतन्त्रको मूल समस्या बताउने गरे पनि श्रीलंकनहरु यसलाई मान्न तयार देखिंदैनन् । राष्ट्रपति गोटापाय राजापाक्षेले आर्थिक संकटका बीच भारी मात्रामा कर छुटको नीति लिंदा अर्थतन्त्र थप धाराशायी भएको मानिन्छ । सरकारको मल आयात नगर्ने नयां नीतिले कृषी उत्पादन व्यापक घट्न पुगेको र थप युवा कामदार बिदेश पठाउने नीतिले व्यापक युवा भड्किएको बताइन्छ । 

गत हप्ता कोलम्बोमा प्रहरीले एक जना हेल्मेटधारी मोटरसाइकल चालक युवालाई पक्राउ गर्यो र मरणासन्न हुने गरी पिट्यो । सुदारा नदीश (Sudara Nadeesh) नामक ती युवा प्रखर सडक बक्ता थिए जसले राजनीतिक नेतृत्व, व्यापारी र संचार गृहलाई कसेर बोल्ने गर्थे । उनी जस्ता सयौं अजीत युवाहरुले प्रदर्शन जारी राखे - जसको माग थियो राजापक्षे थर भएका जति सबैलाई (राष्ट्रपति राजापाक्षे मात्र होइन) सरकारी सेवाबाट बर्खास्ती । हुन् पनि २००९ देखि श्रीलंकामा एकछत्र नेतृत्व गरेर आएको राजापाक्षे परिवारले श्रीलंकाको हरेक जसो क्षेत्रमा अगुवाई गरेको अबस्था छ । तर अब यस्तो देखिंदै छ कि संबिधान संशोधन गरी गरी राजिनामा बाहेक अरुबाटोबाट हटाउन नसकिने राष्ट्रपतिलाई जनताले हलहत्याएर सत्ताच्यूत गरिछाडेका छन् । नेपालको असल मित्र, सिलोन सभ्याताको महान देश श्रीलंका र श्रीलंकन जनताको उज्ज्वल भविष्य

बिदेशी ऋण र आन्तरिक कचिंगलको थामि नस्कनु भारी बोक्न बाध्य श्रीलंकाको भविष्य अझै पनि सुनिश्चित भने भैसकेको छैन । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित