एनआरएनए केन्द्रीय मिडिया समिति गठन, को-को छन् त मिडिया टाक्स फोर्समा ?

एनआरएनए केन्द्रीय मिडिया समिति गठन, को-को छन् त मिडिया टाक्स फोर्समा ?
www.europenepalikhabar.com २०७९ साउन २२ गते आइतबार, 7-08-2022


लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तरर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्यदल) गठन गरिएको छ ।  

गैरआवासीय नेपाली संघका प्रवक्ताद्धय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समिति गठन गरेका हुन् । समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशन सम्बन्धी नीतिगत विषयमा सुझाव दिने र मुख्य कार्य रहने छ ।  

प्रवक्ताद्धय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको सो समितिमा ४ जना सल्लाहकार र २५ जना सदस्यहरु रहेका छन् । समितिको सहसंयोजकमा बाबा राजेश्वरी थापा(अष्ट्रीया), सदस्य सचिवमा डा. चिरञ्जीवी खड्का(चेक) तथा सल्लाहकारमा भगिरथ योगी (यूके), ददि सापकोटा (फ्रान्स), हेमन्त काफ्ले (अष्ट्रेलिया) र नरेश खपांगीमगर (यूके) रहेका छन् । हेर्नुहोस् नामावली :

गैरआवासीय नेपाली संघको समाचार संयोजकको जिम्मेवारी नेपाल पत्रकार महासंघ बेलायतका पूर्व अध्यक्ष तथा नागरिक न्यूजका बेलायत संवादाता चिरन शर्मा दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ ।   

समितिमा १ दर्जन पत्रकारहरुलाई समाचार विज्ञको रुपमा समेटिएको छ ।  

गैरआवासीय नेपाली संघका महासचिवद्वय गौरीराज जोशी र डा.केशव पौडेलको विभाग अन्तर्रगत रहेको सो समितिलाई प्रवक्ताद्धयको सिफारिशमा उपमहासचिवद्धय रामशरण सिमखडा र  नारायण काफ्लेले अन्तिम रुप दिएको समितिका सदस्य सचिव डा. चिरन्जिवि खड्काले जानकारी दिए ।  

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित