चितवन समाज पोर्चुगलले तीजमा दर खुवाउँदै तीज गीत प्रतियोगिता र साँस्कृतिक कार्यक्रम आयोजना गर्दै

चितवन समाज पोर्चुगलले तीजमा दर खुवाउँदै तीज गीत प्रतियोगिता र साँस्कृतिक कार्यक्रम आयोजना गर्दै
www.europenepalikhabar.com २०७९ साउन ३१ गते मंगलबार, 16-08-2022


लिस्बन। चितवन समाज पोर्चुगलले २४ अगस्ट २०२२ बुधबार तीज कार्यक्रम मनाउने भएको छ। बिदेशी भूमिमा नेपाली चेलीहरुलाई दर खुवाउने साथै तीज गीत प्रतियोगिता र साँस्कृतिक कार्यक्रम सहित मनाउन लागेको समाजले जनाएको छ।

चितवन समाजले तीज कार्यक्रम पहिलो पटक गर्न लागेको हो। चितवनका मात्र नभएर पोर्तुगलमा बसोबास गर्ने सम्पूर्ण नेपाली चेलीहरुल़ाई समेटेर तीज पर्व मनाउन लागिएको समाजका अध्यक्ष रबि अर्यालले जानकारी दिए।

सांगीतिक कार्यक्रममा नेपालबाट पोर्तुगल भ्रमणमा आउनु भएका आमाहरुलाई सम्मान समेत गरिने कार्यक्रम रहेको समाजले जनाएको छ। 

धर्म संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्वेश्यले समाजले कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष अर्यालले बताएका छन् ।

२४ अगस्ट बुधबार ३ बजेबाट शुरु हुने “तिज विशेष कार्यक्रम” मा तीज गीत प्रतियोगिता रहने र उक्त प्रतियोगितामा प्रथम हुने टोलीलाई पुरस्कार वितरण गरिने छ ।

लिस्बनको वोक मुनदो ( वोर्क सिटी ) रेस्टुरेन्टमा गर्न लागिएको कार्यक्रम चितवन समाज पोर्तुगलले यहाँ बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दिदिबहिनीहरुको माइतीको आँगन भएको बताउदै समयानुकूल मिलाएर उपस्थित भई प्रतियोगीतामा भाग लिन सबै दिदिबहिनीहरुलाई अनुरोध गरेको छ।

उक्त दिन कुनैपनी कार्यक्रम नजुधाइ कार्यक्रम सफल बनाउन सहयोग गरिदिनुहुन पोर्तुगलमा रहेका सम्पूर्ण संघ-संस्थालाई समाजले आग्रह गरिएको समाजका महासचिव तेजिन्द्र चालिसे बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित