एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरलाई केन्द्रले गर्यो बर्खास्त (पत्रसहित)

एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरलाई केन्द्रले गर्यो बर्खास्त (पत्रसहित)
www.europenepalikhabar.com २०७९ भदौ २८ गते मंगलबार, 13-09-2022


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर बर्खास्तीमा परेका छन् । एनआरएनए केन्द्रको निर्णयका आधारमा संघको हितविपरितका गतिविधि गरेको आरोपमा उनी बर्खास्तीमा परेका हुन् । 

संघका महासचिव गौरीराज जोशी र  महासचिव डा केशव पौडेलद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षको रुपमा मगरले संघको विधान विपरित विवादास्पद, गैर जिम्मेवार र अवाञ्छित कृयाकलापमा संलग्न भएको ठहर गरिएको छ । सोही अनुसार यसअघि नै गैरआवासीय नेपाली संघ युकेको कार्य समितीको बहुमतको निर्णय उनलाई अध्यक्षको रुपमा अविश्वास गरी कारवाही गरेको थियो । सो सम्बन्धमा गैरआवासीय नेपाली संघ संयुक्त अधिराज्यको विधान २००५ (२०१७ को संसोधन सहित) को धारा ४१ अनुसारको पत्र केन्द्रमा आएपछि अध्ययन गर्दा कारवाही गर्नु पर्ने प्रयाप्त आधार र कारणहरु देखिएको जोशीले जानकारी दिए । 

‘तपाईका कृयाकलापहरु पुर्णरुपमा संघको विधान उदेश्य प्रतिकुल रहेकोले आजैका मितिदेखि लागु हुनेगरी, गैरआवासीय नेपाली संघ युकेको अध्यक्ष पदबाट पदमुक्त हुनुभएको कुरा जानकारी गराइन्छ’, पत्रमा भनिएको छ । गैरआवासीय नेपाली संघ युकेका सम्पूर्ण सम्पत्ति, कागजातहरु, कार्यालयका सामाग्रीहरु कार्य समितिलाई  २ हप्ताभित्र हस्तान्तरण गरिदिन तथा गैरआवासीय नेपाली संघका नाममा कुनै गतिविधि नगर्न नगराउन पत्रमार्फत निर्देशन दिइएको छ ।

दुई हप्ता अघि  अध्यक्ष गाहामगरलाई विधान विपरीत गरेका कार्यहरु सच्याउने प्रतिवद्धतासहित छलफलमा आउन एनआरएनए युकेका २४ जना पदाधिकारी तथा सदस्यहरुले दिइएको ७२ घण्टाको समय सीमा सकिएपछि आइसीसीमा पत्राचार गरिएको थियो ।

उपाध्यक्ष सकुन गुरुङको अध्यक्षतामा बसेको पदाधिकारीहरुको बैठकले अध्यक्ष गाहामगर एनआरएनएको विधान विपरीत निरन्तर अघि बढेपछि कारवाहीको लागि पत्राचार गर्ने निर्णय गरेको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित