अब पनि चुनाव नभए संस्था विघटनतिर जान्छ : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए

अब पनि चुनाव नभए संस्था विघटनतिर जान्छ :  डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए
www.europenepalikhabar.com २०७९ असोज २ गते आइतबार, 18-09-2022


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पूर्वआधार तयार गरेर संघको नेतृत्व चयनको लागि प्रत्यक्ष मतदान गर्न सकिने बताएका छन् । 

डा. शर्माले नेपाली प्रवासी मंच अन्तराष्ट्रिय समितिले आइतवार गरेको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आफु शुरु देखीनै साधारण सदस्यहरुबाटै नेतृत्व चयन हुनु पर्ने पक्षमा रहेको बताए । 

उनले सन् २०२३ मा संघको नेतृत्वको लागि निर्वाचन गर्न नसके संस्थानै विघठन हुने बताए । 

पूर्वाधार र क्षेत्रीय सन्तुलनका आधार तयार गरे पछि प्रत्यक्ष साधारण सदस्यहरुले नेतृत्व चयन गर्ने गरि मतदान गर्न सकिने बताए ।  तीनवटा अध्यक्ष बनाए पछि मुखै देखाउन नसक्ने अबस्था आएको बताए । अहिलेकै विधानमा न्यूनत सहमति गरेर अघि बढ्न आग्रह गरे ।

संघको विधान समितिका संयोजक समेत रहेका डा. शर्माले विधान निमार्ण भन्ने विषय प्राविधिक मात्र भएको भन्दै वर्तमान नेतृत्वलाई सहमतिको खाका प्रस्तुत गर्न आग्रह गरे ।

उनले अहिले संघभित्र तीन जना अध्यक्ष हुदाँ समाजमा मुख देखाउन समेत नसकिने अवस्था रहेको बताउँदै वर्तमान विधानमा न्यूनतम सहमति गरेर निर्वाचनकोे सुनिश्चितता गर्न आग्रह गरे ।  

उनले संघको निर्वाचनमा मतदाता प्रभावित गर्न ठूलो आर्थिक चलखेल भएको बताउँदै  चुनावमा लाइनमा बसेका मतदातालाई खाममा पैसाँ राखेर दिने विकृतिको अन्त्य गर्नु पर्नेमा जोड दिए । 

संघको बरिष्ठउपाध्यक्ष समेत रहेका शर्माले  संस्थाको सदस्यता लिएकै दिन केन्द्रीय नेतृत्वको लागि मतदान गर्न पाउने व्यवस्था गलत भएको बताए ।  

अबको एनआरएनए – हाम्रो भूमिका विषयक कार्यक्रममा बोल्ने बक्ताहरुले संघको निर्वाचनमा राजनीतिक दलको हस्तक्षेप बढेको, आर्थिक चलखेल बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए । संघका केन्द्रीय उपमहासचिव रामशरण सिमखडाले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा मंचका अन्तराष्ट्रिय समितिका अध्यक्ष भक्त गुरुङ लगायत संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा. बद्री केसीले आआफ्नो भनाईहरु राखेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित