अमेरिकाका एनआरएनए अगुवा अभियान्ता कृष्ण लामिछानेको असामान्य निधन

अमेरिकाका एनआरएनए अगुवा अभियान्ता  कृष्ण लामिछानेको असामान्य निधन
www.europenepalikhabar.com २०७९ चैत ८ गते बुधबार, 22-03-2023


एनआरएनए अभियान्ता एवं नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष कृष्णप्रसाद लामिछानेको निधन भएको नेपाली समाज टेक्सासले जनाएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपाली समाज टेक्सासले लामिछानेको असामान्य निधन भएको जनाएको छ ।

समाजले भनेको छ – ‘हाम्रो समाजका अग्रणी व्यक्तित्व , नेपाली समाज टेक्ससका पूर्व अध्यक्ष आदरणीय कृष्णप्रसाद लामिछानेको असामान्य निधन भएकोमा हामी स्तब्ध भएका छौं । हामी समाजका सबैसँग यस अप्रत्याशित परिस्थितिमा धैर्य धारण गर्न आग्रह गर्दछौं ।’

अमेरिकामा रहेका नेपालीहरुले पनि निधनप्रति सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् । उनीहरुले घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । निधनको कारण अहिलेसम्म आधिकारिक रुपमा पुष्टी भइसकेको छैन ।

लामिछाने टेक्सास स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका हिमालयखबरले समाचार प्रकाशित गरेको छ । उनको मृत्युको समाचार लगत्तै स्थानिय नेपाली समुदाय उनको घरमा पुगेको तथा मृत्युको कारण पत्ता लगाउन लामिछानेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको समाचारमा उल्लेख गरिएको छ ।

लामिछाने पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा पराजित भएका थिए । उनी जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सकृय थिए । टेक्ससमा व्यवसाय गर्दै आएका उनी सक्रिय सामाजिक अभियन्ता थिए ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित