एनआरएनए पोर्चुगलको सदस्यता अभियान तीब्र, अब केही समय मात्र बाँकी

एनआरएनए पोर्चुगलको सदस्यता अभियान तीब्र, अब केही समय मात्र बाँकी
www.europenepalikhabar.com २०८० जेठ १९ गते शुक्रबार, 2-06-2023

एनआरएनए पोर्चुगलले सदस्यता अभियान तीब्र बनाएको छ । आज एक सूचना प्रकाशित गर्दै संघले सदस्य बन्नका लागि आग्रह गरेको छ । 

हेर्नुहोस् यस्तो छ प्रक्रिया एनआरएनएको पेजबाट जस्ताको तस्तै  :

एनआरएनए पोर्चुगलको सदस्य बनौं !

आफ्नो अधिकार सुनिश्चित गरौं !!

अब समय धेरै बाँकी छैन ।

(NRNA, Portugal को पन्जिकृत सदस्यता कसरी भर्ने ? आवेदन भर्ने तरिका सम्बन्धी महत्त्वपूर्ण भिडियो जानकारी तल दिइएको भिडियोको लिंक Open गरेर हेर्नुहोस्)

NRNA, Portugal को आगामी कार्यकाल सन् २०२३-२५ का लागि पन्जिकृत सदस्यता आवेदन भर्ने र वितरण गर्ने कार्य अब तीब्र रूपमा अगाडि बढेको छ र समय पनि अब धेरै बाँकी छैन, कृपया समयमै आफ्नो सदस्यताको लागि आवेदन भर्नुहुन पुनः हार्दिक आग्रह गरिन्छ ।

१) सदस्यता भर्नका लागि सबैभन्दा पहिले आफ्नो मोबाइलमा SMART NRNA एप डाउनलोड गर्नुहोस् अनि त्यहाँ  आफ्नो एकाउन्ट खोल्नुहोस् । एकाउन्ट  खोलिसकेपछि सदस्यता लागि एपमा मागेको आफ्नो सम्पूर्ण व्यक्तिगत विवरण, डकुमेन्ट, सेल्फी, प्रोफाइल फोटो र सदस्यता शुल्क १० (दस) युरो तिरेको बैकको प्रमाण अपलोड गर्नुहोस् र Submit वा Send  गर्नुहोस् ।

२) एकाउन्ट मात्र बनाउनु (Create)भयो भने तपाईको आवेदन ड्राफ्टमा गएर बस्छ, आवेदन पुरा हुँदैन र सदस्यता बन्न सकिदैन, त्यसैले एकाउन्ट Create भएपछि पुरा विवरण भरेर Submit गरेपछि मात्र सदस्यता स्वीकृतिका लागि अन्तिम प्रक्रियामा पुग्दछ, त्यसैले सदस्यता आवेदनका सबै कुरा भरी पुरा गरेर Submit वा Send गर्नुहोला ।

३) सदस्यता शुल्कको लागि NRNA, Portugal को बैंक खातामा १०(दस) युरो जम्मा गर्नुहोस् ।

- बैंक खाताको लागि 

 Beneficiary Name मा--

 Associacao Nepaleses Residentes Portugal 

Destination Account मा तलको एकाउन्ट नम्बर राख्नुहोस्

NIB :  

PT 50 0079 0000 3067 6290 10180

सदस्यता शुल्क : १० युरो ।

Bank Name : EuroBic

(भिडियोको लागि पत्रकार मित्र नवराज दुवाडीजीलाई धेरै-धेरै धन्यवाद !)

- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA, Portugal) पोर्चुगल ।https://youtu.be/S9myQDxb7nk

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित