राष्ट्रपति रामचन्द्र पौडेललाई अक्टोबरमा हुने एनआरएनएको विश्व सम्मेलनको निमन्त्रणा

 राष्ट्रपति रामचन्द्र पौडेललाई अक्टोबरमा हुने एनआरएनएको विश्व सम्मेलनको निमन्त्रणा
www.europenepalikhabar.com २०८० साउन ३२ गते बिहीबार, 17-08-2023


गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री केसी र अध्यक्ष कुल आचार्यले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । शितलनिवासस्थित राष्ट्रपति निवासमा आज भएको भेटमा सम्माननीय राष्ट्रपति पौडेललाई संघको आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनको उद्घाटन सत्रका लागि निमन्त्रणा समेत दिइएको छ ।

 सो अवसरमा संघका कार्यकारी अध्यक्ष डा केसीले सम्मेलनबारे सम्माननीय राष्ट्रपतिलाई जानकारी गराउँदै सम्मेलनमा उद्घाटन र सम्बोधनका लागि अनुरोध गर्नुभयो ।  भेटमा सम्माननीय राष्ट्रपति पौडेलले सम्मेलनमा उपस्थित हुने प्रतिबद्धता जनाउनुभयो । 

सोही अवसरमा संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिको लागि मार्गप्रशस्त गरेकोमा धन्यवाद व्यक्त गर्दै हाल निर्माण भइरहेको नियमावलीलाई एनआरएनमैत्री बनाउने प्रयासमा विभिन्न चरणमा सरकारसँग छलफल भइरहेको जानकारी गराउनुभयो ।  अध्यक्ष आचार्यले यथाशक्य छिटो उक्त नियमावली ल्याउनका लागि पहल गरिदिन समेत राष्ट्रपति समक्ष अनुरोध गर्नुभयो । 

सम्माननीय राष्ट्रपति पौडेलले नियमावलीमा अप्ठ्यारा र झन्झटिलो प्रावधान समेटिनु नहुनेमा आफू पनि सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित