पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपमहासचिवमा अमेरिकास्थित व्यवसायी प्रमोद सिटौलाले उम्मेदवारी दिने भएका छन् ।
उनले अक्टोवर तेस्रो साता हुने संघको ११ औं महाधिवेसनमा सो पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
झापा कनकाई नगरपालिकामा जन्मिएका सिटौला विगत २० वर्ष देखि अमेरिकामा वासोवास गर्दै आएका छन् । उनी वर्तमान कार्यसमितिको सचिव हुन् ।
गैरआवासीय नेपाली संघको स्थापनाकाल देखि सकृय सिटौला संघको विधान समितिका सदस्य समेत छन् ।
उनीसंग अन्तराष्ट्रिय झापाली समाज, नेपाली जनसम्पर्क समिति लगायतका संघसंस्थासंग काम गरेको अनुभव रहेको छ । उनले एनआरएनए अमेरिकाको प्रतिनिधि छनोट लगायतका विभिन्न कार्यदलमा रहेर काम गरेका छन् ।
संघको २ उपमहासचिवको लागि अक्टोवर महिनामा निर्वाचन हुदैछ ।
FOUNDER/CHIEF EDITOR :