एनआरएनए महाधिवेशन : लन्डन बैठकबाट महेश श्रेष्ठको टिम निर्माण, महासचिवमा गंगाधर गौतम, अरु को को छन् ?

एनआरएनए महाधिवेशन : लन्डन बैठकबाट महेश श्रेष्ठको टिम निर्माण, महासचिवमा गंगाधर गौतम, अरु को को छन् ?
www.europenepalikhabar.com २०८० भाद्र ४ गते सोमबार, 21-08-2023


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवर महिनामा हुने महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेश श्रेष्ठको समूहले टीम निर्माण गरेको छ । घोषणा गरिसकेको बुद्धि सुवेदीको टिकट खोस्दै महासचिव पदमा अब गंगाधर गौतमलाई  अगाडि सार्ने निर्णय भएको जनाइएको छ ।

संघका अध्यक्ष कुल आचार्यको उपस्थितिमा आइतवार राति लण्डनमा भएको एक वैठकले संघका वर्तमान सचिव गंगाधार गौतमलाई सो समूहबाट महासचिव पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि सो समूहबाट महासचिव पदमा चर्चामा रहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सुवेदीलाई सो समूहले दुई विकल्प रोज्न भनेको छ । स्रोतका अनुसार उनलाई कोषाध्यक्ष वा उपमहासचिवको उम्मेदवार बन्न सुझाव दिइएको छ ।

अध्यक्षका आकांक्षी श्रेष्ठ समेतको उपस्थितमा भएको बैठकले उपाध्यक्षमा डा. केशव पौडेल, राज रेग्मी र नारायण आचार्यको नाम अनुमोदन गरेको छ ।

गैरआवासीय नेपाली संघका सचिव गंगाधार गौतमले संघको बृहत्तर हितको लागि सबै पक्षलाई समेटर लैजाने गरि टिम निर्माण भैरहेको जनाए ।

‘संस्थामा धेरै पदहरु छन् पदको लागि आकांक्षी सबैलाई समेटेर लैजान सकिन्छ । हामी छलफलकै क्रममा छौं ।’

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित