नर्वेका युवा व्यवसायी राजु अर्यालले एनआरएनए युरोप उपसंयोजकमा उम्मेद्बारी दिने

नर्वेका युवा व्यवसायी राजु अर्यालले एनआरएनए युरोप उपसंयोजकमा उम्मेद्बारी दिने
www.europenepalikhabar.com २०८० भाद्र ५ गते मंगलबार, 22-08-2023


युरोपनेपाली खबर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११ औं महाधिवेशनमा युरोप उपसंयोजक (DRC) मा नर्वेका युवा व्यवसायी राजु अर्यालले उम्मेदवारी दिने भएका छन् । आगामी २०२३–२०२५ कार्यकालको लागि सो पदमा अर्यालले  उम्मेदवारी दिने तयारी गरेका हुन् । हाल उनी नर्वेबाट आसिसी सदस्य रहेका छन् ।


एनआरएनए नर्वेका २०१९-२१ र २०२१-२३ कार्यकालको आसिसी सदस्य रहेका उनी सन् २०१७-१९ कार्यकालमा एनसिसी नर्वेको महासचिव पदमा रहेर काम सकेक छन् । अर्याल नर्वेमा पेट्रोलियम इन्जिनियरको रूपमा कार्यरत छन् । विगत १५ वर्षदेखि नर्वेलाई आफ्नो कर्मथलो बनाएका अर्याल स्पष्ट वक्ता र समाजमा स्वच्छ छवि भएका व्यक्तिमा परिचित छन् ।

उनले एनआरएनए युरोपमा क्षेत्रीय बैठक  २०२० को सदस्यसचिव तथा युरोप  Knowledge Conference २०२० को Coordinator को भूमिका निर्वाह गरिसकेका उनी आफ्नो जिम्मेवारी र कार्यदक्षतामा निपुण रहेका छन् ।

युरोप उपसंयोजकको उम्मेदवारीका लागि आफु अनुभवी र योग्य रहेको उनको दाबी छ । डेढ दसकदेखि नर्वेलाइ कर्मथलो बनाएका अर्याल सफल युवा व्यवसायीको रूपमा पनि युरोपमा चिनिएका छन् । उनी पर्यटन व्यवसायमा आवद्ध छन् साथै नेपालमा हाइड्रोपावर क्षेत्र लगायत  पर्यटन  क्षेत्रमा उनको लगानी रहेको छ ।

कुशल व्यवस्थापन र कार्य कौशल तथा शालीन एवं बौद्धिक युवाको रूपमा चिनारी बनाएका अर्याल एनआरएनए अग्रज, अभियान्ता, शुभचिन्तक र साथीभाइबाट सहयोग, सद्भाव, समर्थनको विश्वास र अपेक्षा लिएको बताएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित