पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय समितिका संस्थापक अध्यक्षहरुलाई सम्मान गर्ने भएको छ ।
संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार संघको आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशन तथा विश्व सम्मेलनमा उनीहरु सम्मानित हुने भएका हुन् ।
संघले राष्ट्रिय समिति गठन भएका सबै ८७ देशका अध्यक्षहरुलाई काठमाण्डौंमा सम्मान गर्न लागेको हो ।
डा. केसीले संघको स्थापना वर्षको २० औं वर्ष पुरा गरेको अवसर पारेर उनीहरुलाई सम्मान गर्न विषेश समारोहको आयोजना गरिनेछ ।
संघको ११ औं महाधिवेशन १७ देखि २० अक्टोवर सम्म काठमाण्डौंमा हुदैछ ।
FOUNDER/CHIEF EDITOR :