एनआरएनए युरोप संयोजक सन्तोष भट्टराईद्वारा उपमहासचिव पदमा उम्मेदवार घोषणा

एनआरएनए युरोप संयोजक सन्तोष भट्टराईद्वारा उपमहासचिव पदमा उम्मेदवार घोषणा
www.europenepalikhabar.com २०८० भाद्र ३० गते शनिबार, 16-09-2023


पोर्चुगल । गैरआवासीय नेपाली संघको आगामी १७-२० अक्टोबरमा हुने ११ औं महाधिवेशन र निर्वाचनको लागि एनआरएनए युरोप संयोजक सन्तोष भट्टराईले उपमहासचिव पदमा उम्मेदवार घोषणा गरेका छन् ।

सामाजिक संजाल मार्फत एक अपील  प्रकाशित गर्दै जर्मनी निवासी भट्टराईले उपमहासचिव पदमा उम्मेदवार हुने जनाएका हुन् ।

उम्मेद्वारीको घोषणा !

सम्पूर्ण गैरआवाशिय नेपाली अग्रज तथा अभियन्ता मित्रहरू, नमस्कार।

सन् २००५ देखि गैरआवाशिय नेपाली अभियानमा म आईसीसी सदस्य, यूरोप क्षेत्रीय संयोजक,  विभिन्न कार्यदल र जिम्मेवारीमा निरन्तर  रूपमा लागीरहेको छु। धेरै उतार, चडावका बापजुत मैले मेरो अभियानको सक्रियतामा कुनै कमी आउन दिएको छैन। गैरआवाशिय अभियानका मुद्दाहरूलाई र हाम्रा साझा अपेक्षाहरूलाई संम्बोधन गर्न, पदमै रहेर काम गर्ने ईच्छा ज़ाहेर गर्दा कहिले उपविजेता भईयो त कहिले ज़िम्मेवारीमा रहेर काम गर्ने मौका  मिल्यो।

आफ्नो विवेक र क्षमताले भ्याएसम्म ईमानदारी पूर्वक मैले मेरो भूमिका निर्वाह गर्दै हालमा यूरोप क्षेत्रीय संयोजक पदको अधिभारा पुरागरेको छु। निश्चय पनि समानान्तर जस्तो देखिने संरचनाको बिचमा सबै संग संयोजन गरेर गतिविधि गर्न सहज थिएन तर उदाहरणीय रूपमा हामिले उक्त जिम्मेवारीलाई सम्मानजनक तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेका छौ।

संघको उद्देश्य प्राप्तिको बाटोमा, क्षेत्रीय तथा अन्तराष्ट्रीय मुद्दा हरूको पक्षपोषण, आम पंजिकृत सदस्यहरूको भावना, निष्पक्ष निर्वाचन र आगामी विश्व सम्मेलनको सुनिश्चितता तथा बृहद एकताको निम्ति आफूले सकेको योगदान गरेको र सहकर्मी मित्रहरू बाट पनि सहयोग प्राप्त गरेकोमा ख़ुशी ब्यक्त गर्दै, भविष्यमा थप योगदान गर्न लालायित भएको छु।

खास गरी आईसीसी सदस्यहरूलाई प्रभावकारी रूपमा अभियान संग जोड्ने, क्षेत्रीय परिषदलाई संरचनागत रूपमा ब्यवस्थित गर्ने, राष्ट्रीय समन्वय परिषदहरूलाई अधिकतम अधिकार सम्पन्न गराउदै केन्द्र प्रति उत्तरदायि बनाउने, सबै क्षेत्रहरूमा क्षेत्रीय कोषलाई फाउन्डेशन मार्फत ब्यवस्थापन गर्ने, राष्ट्रीय समन्वय परिषदहरूमा सदस्यता वितरण र निर्वाचन प्रक्रियालाई थप ब्यवस्थित गर्ने, केन्द्रीय सचिवालयलाई क्षेत्रीय गतिविधिहरूमा अधिकतम प्रयोग गर्न विभाग बनाई कामगर्ने, सचिवालय बैठक देखि क्षेत्रीय सम्मेलन सम्मका गतिविधिहरूलाई थप ब्यवस्थित गरी सबैको अधिकतम सहभागिताको सुनिश्चितता गर्ने, पर्यटन र नेपाली उत्पादनको प्रबर्धनलाई राष्ट्रीय समन्वय परिषदहरूको स्थाई कार्यक्रमको रूपमा स्थापित गराउने लगायतका थुप्रै कामहरूमा म योगदान गर्न चाहान्छु र त्यसकालागी आवश्यक अनुभव समेत बटुलेको छु भन्ने विश्वास सहित आगामी कार्यकाल २३-२५ मा केन्द्रीय ज़िम्मेवारीमा रहेर काम गर्ने ईच्छा जाहेर गर्दछु।

यूरोपका २६ देशहरूलाई सक्रिय नेतृत्व प्रदान गर्दै विषम परिस्थितिमा पनि २ वटा सफल क्षेत्रीय सम्मेलन आयोजना गर्दा होस वा एसिया प्यासिफिक र मध्यपूर्वको क्षेत्रीय सम्मेलनमा सहंभागी हुँदै गर्दा होस, नागरिकताको बिषय होस वा सामाजिक सुरक्षा कोषको विषय होस, श्रमिकका मुद्दा वा सम्मानित बैदेशिक रोजगारीको विषय होस सबै मुद्दाहरूमा मैले यथासक्य योगदान  गरेको छु र थुप्रै अग्रज र अभियन्ताज्यूहरू बाट सिक्ने र अरूलाई सिकाउने मौक़ा पनि पाएको छु। अभियानमा हिड्दै गर्दा धेरै सकारात्मक सुझाव र हौसलाहरू प्राप्त गरे, थप योगदान गर्नुपर्छ भन्ने अपेक्षा पाए। म प्रतिको विश्वास र अपेक्षालाई शिरोधार्य गर्दै मैले आगामी कार्यकाल २३-२५ को लागी केन्द्रीय उपमहासचिव पदमा आकांक्षा ब्यक्त गर्दै आफ्नो उम्मेद्वारी पेश गरेको छु।

तपाईहरूको प्रत्येक राय तथा सुझावहरू मेरालागी मार्गदर्शक शिक्षा हुनेछ। मैले हालसम्म निभाएको भूमिकाको कसिमा रेटेर  तपाईहरूले मलाई आफ्नो अमूल्य साथ, सहयोग र मत दिनुहुने छ भन्ने विश्वास ब्यक्त गर्दँछु।

हार्दिक धन्यवाद। 

सन्तोष कुमार भट्टराई
जर्मनी ।

उपमहासचिव पदको आकांक्षी (२३-२५)
यूरोप क्षेत्रीय संयोजक (२१-२३)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित