एनआरएनए केन्द्रले पोर्चुगलमा हत्या गरिएका धनबहादुर क्षेत्रीको परिवारलाई तत्काल रु २ लाख सहयोग दिने

एनआरएनए केन्द्रले पोर्चुगलमा हत्या गरिएका धनबहादुर क्षेत्रीको परिवारलाई तत्काल रु २ लाख सहयोग दिने
Picture : Google
www.europenepalikhabar.com २०८० मंसीर ११ गते सोमबार, 27-11-2023


पोर्चुगल । गैरआवासीय नेपाली संघको केन्द्रले पोर्चुगलमा भएको अपराधिक आक्रमणबाट निधन भएका मृतक धनबहादुर क्षेत्रीको परिवारलाई  संघको तर्फबाट  हार्दिक समवेदना प्रकट गर्दै तत्काल रु २ लाख सहयोग गर्ने निर्णय गरेको छ  । संघका केन्द्रीय अध्यक्ष अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा  हिजो आइतबार बसेको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको पूर्ण बैठक यस्तो निर्णय गरेको बैठकमा सहभागी पोर्चुगलबाट आइसिसी सदस्य राजकुमार थापाले जानकारी दिए ।

बैठकले प्रवासका घटिरहेका यस किसिमका हत्या, मृत्यु तथा आत्माहत्याका कारुणिक घटना प्रति संघ जानकार र संवेदनशील रहेको जनाएको छ । संघको बैदेशिक रोजगार कल्याणकारी राहात कोष अन्तर्गत रहेको कोषबाट नियमित सहयोग जारी राख्ने तथा नेपाल सरकारका बैदेशिक निकायहरुको समन्वयमा पनि यस्ता दुखद घटनाहरुको रोकथाम गर्न चेतनामुलक कार्यक्रमहरु पनि अघि सार्ने र कारुणिक घटनमा प्रभावकारी सहयोग गर्ने निर्णय समेत भएको छ । क्षेत्रीय संयोजकहरु मार्फत आफ्नो क्षेत्रका नेपाल सरकारको निकायहरुको पनि सहभागिता र समन्वय रहनेगरी आफ्नो क्षेत्रका एनसीसीको सहभागितामा प्रवासका नेपालीको आपत बिपदमा तत्काल  सहयोग गर्न सकिने संरचना बनाउन पहल गर्ने निर्णय भएको छ ।

एनआरएनए महिला विभागको पहलमा युएईमा आत्महत्या गरी निधन भएको एक महिलाको पार्थिव शरीर नेपाल ल्याउनको लागि रु ९० हजार तत्काल युएईका अध्यक्ष विकास साहीजी मार्फत उपलब्ध गराउने निर्णय भएको  छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित