पोर्चुगलको स्वायत्त क्षेत्र Azores मा निर्वाचन सम्पन्न, सत्ताको चावी Chega को हातमा

पोर्चुगलको स्वायत्त क्षेत्र Azores मा निर्वाचन सम्पन्न, सत्ताको चावी Chega को  हातमा
Picture : Google
www.europenepalikhabar.com २०८० फागुन १० गते बिहीबार, 22-02-2024

  

पोर्चुगल । पोर्तुगलको स्वायत्त क्षेत्र Azores  ४ फेब्रुअरीमा मध्यावधि  निर्वाचन सम्पन्न  भएको छ । यसलाई मुख्यभूमि पोर्तुगलमा मार्च १० मा  हुन गइरहेको मिनी चुनावको रुपमा पनि हेरिएको थियो ।

यो निर्वाचनमा मुख्यभूमि पोर्तुगलको सत्ताबाट हात धुनु परेको PS ले २ सिट गुमाएको छ भने ३.२ प्रतिशतले जनमत पनि गुमाएको छ । Azores  को सत्तामा रहेको PSD पार्टीले रियल स्टेटसंग संवन्धित व्यवसायलाई फाइदा पुग्ने गरि अख्तियारको दुरुपयोग गरेर भ्रष्टचार गरेको आरोपमा   प्रेसिडेन्ट  मिगुएल अल्बुकर्कले जनवरीको अन्त्यमा  राजिनामा दिएका थिए । 

त्यसपछि पोर्तुगलको राष्ट्रपती मार्सेलोले तुरुन्त मध्यावधि निर्वाचन घोषणा गरेका थिए । सो चुनावमा भ्रष्टचारको आरोप लागेर सरकार छोड्नु परेको PSD पार्टीले कुनै पनि सिट गुमाएन र ०.४ प्रतिशतले जनमत पनि बढाएको छ । सबैभन्दा धेरै फाइदा अति दक्षिणपन्थी पार्टी  Chega लाई पुगेको छ र उसले ४.१ प्रतिशतले जनमत बढाएको छ। Chega ले ३ सिट बढाएर सरकार निर्माणको चावी बोकेको छ । Chega ले PS लाई सघाएमा PS ले सरकार गठन गर्न सक्छ भने PSD लाई सघाएमा PSD ले सरकार गठन गर्न सक्छ ।

कुल ५७ सिट रहेको Azores मा PSD गठबन्धनले २६, PS ले २३, Chega ले ५ सिट र BE, IL र PAN ले क्रमश १/१ सिट जितेको छन्  । सरकार गठनको लागि २९ सिट आवश्यक पर्छ । बहुमतको लागि ३ सिट आवश्यक रहेको PSD लाई  Chega ले ससर्त सहयोग गर्ने बताएको छ । यो संगै Azores मा PSD र  Chega क्षेत्रिय सरकार बन्ने पक्का जस्तै देखिन्छ । यस्तै सरकार गठनको सम्भावना मुख्यभूमि पोर्तुगलमा मार्च १० मा हुनगइरहेको निर्वाचन पछि देखिन्छ ।

उक्त क्षेत्रीय द्वीपसमूहको लागि पोर्तुगलका प्रतिनिधी एड्रो क्याटारिनोले आज बुधवार साँझ सरकार गठनको लागि एक निर्णय दिने अपेक्षा गरिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित