ट्रम्पको लागि हावर्ड विश्वविद्यालयबाट कस्तो सुखद समाचार आयो ?

ट्रम्पको लागि हावर्ड विश्वविद्यालयबाट कस्तो सुखद समाचार आयो ?
Picture : Google
www.europenepalikhabar.com २०८० फागुन १२ गते शनिबार, 24-02-2024


अमेरिकाको हावर्ड विश्वविद्यालयले गरेको पछिल्लो मत सर्वेक्षणमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि सुखद समाचार आएको छ । अर्थात् सन् २०२० मा गरेको एक मत सर्वेक्षणमा उनको स्थिती निकै न्यून रहेकोमा अहिले उनको स्थिति बलियो हुदै आएको सर्वेक्षणले देखाएको छ ।

सन् २०२० मा राष्ट्रपति जो बाइडेनले मिशिगन राज्यमा अस्वेतहरुको मत सर्वेक्षणमा ९४ प्रतिसत प्राप्त गरेका थिए । जुन राष्ट्रिय औसतभन्दा ७ प्रतिशत अंकले बढी थियो।

हावर्ड युनिभर्सिटी इनिसिएटिभ अन पब्लिक ओपिनियनद्वारा मध्यपश्चिम राज्यमा गरिएको नयाँ सर्वेक्षणले अस्वेत मतदाताहरूबीच बाइडेनको समर्थन ४९ % मा झरेको देखाएको छ, जबकि ट्रम्पको समर्थन २६ % मा पुगेको छ, जुन उनले सन् २०२० मा प्राप्त गरेको मत भन्दा तीन गुणा बढी हो।

सर्वेक्षणले पूर्व राष्ट्रपतिको लागि वृद्धि देखाएको छ ।

“यो अफ्रिकी अमेरिकी (अस्वेत)पुरुषहरू हुन् जसले उनीहरूका महिला समकक्षहरूको तुलनामा पूर्व राष्ट्रपतिलाई समर्थन गर्ने सम्भावना बढी हुन्छ,” हावर्ड युनिभर्सिटी इनिसिएटिभ अन पब्लिक ओपिनियनका निर्देशक टेरी एडम्स-फुलरले भनिन ।

मत सर्वेक्षणमा बाइडेनका लागि शीर्ष दुई चिन्ताहरू मध्ये एक उमेर रहेको थियो भने ३८ % ले त्यसमा चिन्ता गरेका थिए । उमेर सम्बन्धी कुनै चिन्ता नभएकोमा १७ % ले मतदान गरेका थिए। त्यस्तै मतदानमा ट्रम्पका लागि यो नैतिकता सम्बन्धी २९ % ले चिन्ता व्यक्त गरेका थिए भने र ट्र्याक रेकर्ड अर्थात् गरेका उपलब्धिमा केवल २८ % ले मतदान गरेका थिए ।

सर्वेक्षणमा परेका झन्डै आधाले विगत पाँच वर्षमा आफ्नो राजनीतिक झुकाव परिवर्तन भएको बताएका छन्, तर अधिकांशले अर्थतन्त्र, रोजगारी, किफायती आवास र आय असमानतालाई ख्याल गर्ने शीर्ष मुद्दाहरू हुन् भन्ने कुरामा सहमत जनाएका छन् ।

गत शुक्रबार हावर्ड नगर सभा (टाउन हल)को आयोजना गरे र मिशिगन मत सर्वेक्षणबाट मुख्य कुराहरु साझा गरेका छन् ।

अस्वेत मतदाताहरू बीच राष्ट्रपति बाइडेनको लागि जोशमा कमी भएको बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित