पोर्चुगलमा नेप्लीज् वोमेन एसोसिएसनले आगामी ३ मार्चमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने

पोर्चुगलमा नेप्लीज् वोमेन एसोसिएसनले आगामी ३ मार्चमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने
www.europenepalikhabar.com २०८० फागुन १२ गते शनिबार, 24-02-2024


युरोपनेपाली खबर, लिस्बन, २४ फेब्रुअरी ।

पोर्चुगलमा सक्रिय नेपाली महिलाहरुको साझा संस्था नेप्लीज वोमेन एसोसिएसन पोर्चुगलले "महिलामाथि लगानी गरौं, प्रगतिलाई तीब्र पारौं" भन्ने नाराका साथ ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने भएको छ ।

आगामी मार्च ३ तारिख आइतबार हाम्रो घर रेस्टुरेन्ट लिस्बनमा दिउँसो २ बजेदेखि आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममा पोर्चुगलस्थित नेपाली महिला दिदिबहिनीहरु तथा सम्पुर्ण संघसंस्थाका प्रतिनिधिहरुलाइ उपस्थितिको लागि पत्र र सूचना मार्फत अनुरोध गरिएको नेप्लीज वोमेन एसोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले जनाएकी छन्।

आज वोमेन एसोसिएसनले एक सूचना प्रकाशित गर्दै कार्यक्रमको बारेमा जानकारी दिएको छ ।

हेर्नुहोस् सूचना जस्ताको तस्तै :

हार्दिक निमन्त्रणा !!

पोर्चुगलबासी सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई दिदीबहिनीहरूमा हार्दिक नमस्कार !

११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको ( मार्च आठ )सन्दर्भमा नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले मार्च ३ तारिख आईतवारको दिन शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम भब्यरुपमा सफल बनाउनको खातिर यहाँहरु सबैको गरिमामय उपस्थितिका लागि अनुरोध गर्दै पत्रचार गरिसकेका छौं ।

कारणवस पत्र प्राप्त नगर्नु भएको भए यसै सुचनालाई आधार मानि कार्यक्रममा उपस्थित भई रौनक थपिथिनु हुन सादर अनुरोध गर्दछौं।

नोट : सम्पूर्ण महिला साथिहरुलाई बिशेष निमन्त्रणा गर्दछौँ उपस्थित हुनु होला।

धन्यवाद !

अध्यक्ष: शान्ति अर्याल अधिकारी

नेप्लिज वोमन एशोसिएसन परिवार

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित