किन कोशीको बसोबासको केन्द्र बन्दैछ इटहरी ? यस्तो छ खास कारण !

किन कोशीको बसोबासको केन्द्र बन्दैछ इटहरी ? यस्तो छ खास कारण !
www.europenepalikhabar.com २०८० फागुन १२ गते शनिबार, 24-02-2024


सडक मार्गका हिसाबले हेर्ने हो भने इटहरी कोशी प्रदेशको केन्द्र हो । इटहरी हुँदै सवारीका साधनहरू पूर्व पश्चिम र उत्तर दक्षिण जान्छन् । २०३० साल तिर पूर्व पश्चिम सडक खण्ड बनेसँगै इटहरी सहरका रूपमा विकास हुन थालेको हो ।

यस अघि इटहरीको बजार अहिलेको बजार क्षेत्र भन्दा टाढा थियो । इटहरी उपमहानगरमै पर्ने पकली पहिला गुल्जार थियो । तर पूर्व पश्चिम सडक खण्ड  बनेसँगै इटहरीमा बसोबास गर्न आउनेको सङ्ख्या दिन दिनै बढिरहेको छ । इटहरी उपमहानगरपालिको तथ्याङ्क अनुसार इटहरीमा बर्षौने २ हजार घर बनिरहेका छन् । घर बढेसँगै जनसङ्ख्या पनि बढिरहेको छ । 

राष्ट्रिय जनगणना २०७८ अनुसार इटहरीमा  ४० हजार २ सय ७ घर धुरी छन् । यहाँको जनसंख्या  १ लाख ९८ हजार ९८ जनसङ्ख्या छ । २०६८ को जनगणनामा भने इटहरीमा ३३ हजार ७ सय ९४ घर धुरी थिए ।  इटहरीको जनसङ्ख्या ६८ सालमा १ लाख ४० हजार ५ सय १७ मात्रै थियो । यो बाहेक इटहरीमा व्यापार गर्न अध्ययन गर्न र अन्य कामका लागि बसोबास गर्नेको सङ्ख्या झन्डै ३ लाख रहेको अनुमान छ । यो तथ्याङ्कले के बताउँछ भने इटहरीमा बसाइँ सराइको चाप अत्यधिक छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित