युरोपनेपाली खबर, २४ फेब्रुअरी, लिस्बन ।
गत जनवरी १० तारिख पोर्चुगलको मोन्तेजुमा गाडीको ठक्करबाट गम्भीर घाइते भएकी नेपाली युवती सुस्मिता मोक्तानलाई प्रवासी नेपाली मंच पोर्चुगलद्वारा नगद सहयोग हस्तान्तरण भएको छ । उनलाई नगद ३४५ युरो अर्थात् झण्डै ५० हजार नेपाली रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको हो ।
घाइते मोक्तानको निवासमा पुगी मंचका उपाध्यक्ष दीपक खत्री, उपसचिव सुमन शर्मा चौलागाई, मंचका अगुवा शिबसागर बुढाथोकी, नवीनकुमार थापा र मंचका सदस्य सेवक बिसी सहितले मंचको तर्फबाट उक्त नगद सहयोग हस्तान्तरण गरेका हुन् ।
यसभन्दा अघि केही दिन पहिले मंचका अध्यक्ष राजाराम लामिछाने, सचिव दीपक सुवेदी र गैरआवासीय नेपाली संघ आइसिसी सदस्य राजकुमार थापाले घाइते सुस्मिता मोक्तानलाई भेटी, स्वास्थ्य स्थिति बुझी, स्वास्थ्यलाभको कामना सहित सकेको सहयोग गर्ने बचन दिएका थिए । सोही मुताविक आज सहयोग हस्तान्तरण गरिएको मंचका उपाध्यक्ष दीपक खत्रीले बताए ।
घाइते मोक्तानको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र दुर्घटनाको क्षतिपुर्तिका लागि कानुनी प्रक्रिया चलिरहेको मंचका अगुवा शिबसागर बुढाथोकी जानकारी दिए ।
दुर्घटनामा परेर पीडित भएकी सुस्मितालाई सहयोग पुर्याउने मंचका सम्पुर्ण सदस्य र शुभचिन्तकहरुलाइ मंचले धन्यवाद ज्ञापन गरेको छ ।
FOUNDER/CHIEF EDITOR :