पोर्चुगलमा गाडीको ठक्करबाट सख्त घाइते भएकी सुस्मिता मोक्तानलाई प्रवासी नेपाली मंचद्वारा नगद सहयोग हस्तान्तरण

पोर्चुगलमा गाडीको ठक्करबाट सख्त घाइते भएकी सुस्मिता मोक्तानलाई प्रवासी नेपाली मंचद्वारा नगद सहयोग हस्तान्तरण
Picture : Nabin
२०८० फागुन १२ गते शनिबार, 24-02-2024


युरोपनेपाली खबर, २४ फेब्रुअरी, लिस्बन । 

गत जनवरी १० तारिख पोर्चुगलको मोन्तेजुमा गाडीको ठक्करबाट गम्भीर घाइते भएकी नेपाली युवती सुस्मिता मोक्तानलाई  प्रवासी नेपाली मंच पोर्चुगलद्वारा नगद सहयोग हस्तान्तरण भएको छ । उनलाई नगद ३४५ युरो अर्थात् झण्डै ५० हजार नेपाली रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको हो ।


घाइते मोक्तानको निवासमा पुगी मंचका उपाध्यक्ष दीपक खत्री, उपसचिव सुमन शर्मा चौलागाई, मंचका अगुवा शिबसागर बुढाथोकी, नवीनकुमार थापा र मंचका सदस्य सेवक बिसीले मंचको तर्फबाट उक्त नगद सहयोग हस्तान्तरण गरेका हुन् ।

यसभन्दा अघि केही दिन पहिले मंचका अध्यक्ष राजाराम लामिछाने, सचिव दीपक सुवेदी र गैरआवासीय नेपाली संघ आइसिसी सदस्य राजकुमार थापाले घाइते सुस्मिता मोक्तानलाई भेटी, स्वास्थ्य स्थिति बुझी, स्वास्थ्यलाभको कामना सहित सकेको सहयोग गर्ने  बचन दिएका थिए । सोही मुताविक आज सहयोग हस्तान्तरण गरिएको मंचका उपाध्यक्ष दीपक खत्रीले बताए ।

घाइते मोक्तानको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र दुर्घटनाको क्षतिपुर्तिका लागि  कानुनी प्रक्रिया चलिरहेको मंचका अगुवा शिबसागर बुढाथोकीले जानकारी दिए ।

दुर्घटनामा परेर पीडित बनेकी सुस्मितालाई सहयोग पुर्याउने मंचका सम्पूर्ण समर्थन, शुभचिन्तक, सहयोगी महानुभावहरुलाइ मंचले धन्यवाद ज्ञापन गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित