सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलले २४ मार्चमा लिस्बनमा बृहतरूपमा होली पर्व मनाउने

सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलले २४ मार्चमा लिस्बनमा बृहतरूपमा होली पर्व मनाउने
www.europenepalikhabar.com २०८० फागुन २१ गते सोमबार, 4-03-2024


लिस्बन । सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले होलि पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा विशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

केही समय अगाडि मात्र गठन भएको समाजले यो पहिलो पटक होली बिशेष शुभकामना आदान-प्रदान तथा लोक, कला,भाषा,संस्कृति समेत कार्यक्रममा प्रस्तुति रहने सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले  एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लालाई समेटिएर स्थापना भएको सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले मार्च २४ तारिख  आईतवारको दिन पोर्तुगलको राजधानी लिस्बनमा रहेको बेलाबिस्ता पार्कमा सो कार्यक्रम आयोजना गर्ने भएको हो ।कार्यक्रममा कलाकारको बेजोड प्रस्तुति रहनेछ।

मार्च २४ तारिख बिहान ११ बजे बाट सुरु हुने कार्यक्रममा पोर्तुगलमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु  तथा पोर्तुगलमा रहेका संघसंस्थाहरुलाई समेत कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा गरिएको सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले जानकारी दिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित