प्रवासबाट जुर्मुराए दोश्रो पुस्ताका युवाहरु

प्रवासबाट जुर्मुराए दोश्रो पुस्ताका युवाहरु
www.europenepalikhabar.com २०८० फागुन २९ गते मंगलबार, 12-03-2024


बार्सिलोना, स्पेन : स्पेनमा सबैभन्दा बढी नेपाली बस्ने सुन्दर शहर बर्सिलानामा विभिन्न कार्यक्रम बीच ´आयोजना गरिएको  प्रवासी नेपाली मंन्च युरोपको प्रथम बिस्तारित बैठकमा प्रवासमा रहेका नेपाली मुलका दोस्रो पुस्ताका युवा तथा विधार्थीलाई लक्षित गरि “युवा तथा विधार्थी सत्र” राखिएको थियो। नेपाली राजनीतिमा खासै चासो नराख्ने प्रवासमा दोस्रो पुस्ताका युवाहरुलाई मातृभूमि नेपालसंग जोड्ने उद्देश्यले  सम्पन्न यस कार्यक्रम पुरातानिक कार्यक्रम राजनितिक भन्दा नितान्त फरक ढंगको थियो, यद्दपी नेपालमा युवा राजनीतिज्ञहरुको सक्रियताले प्रवासमा समेत उत्साह छाएको छ।   

यस सत्रमा  दोस्रो पुस्ताका नेपाली युवाहरुले प्रवासमा आर्जन गरेका ज्ञान सीप पुंजी र उनिहरुले आर्जन गरेका ज्ञानसीप र पुंजीलाई “सम्रिद्ध नेपाल सुखी  नेपाली” को राष्ट्रिय लक्ष्य प्राप्तिका लागी कसरी सदुपायोग गर्न साकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो ।दोस्रो पुस्ताका युवाहरु थात्तलोमा फर्किदा  प्राप्त हुने  अवसर, संभावना,चुनौती साथै वस्तुगत यथार्थताको अनुभवले  नेपालको विकास तुलनात्मक रुपमा ढिलो हुनुको प्राविधिक कारणहरुबारे   वृहत  छलफल भएको थियो। यस कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली मंन्चका संयोजक मुक्त गुरुङले गारेको थियो भने प्रमुख अतिथिको रुपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रवास ईन्चार्ज डा राजन भट्टराईको उपस्थिती थियो।

कार्यक्रम संचालन युवा व्यवसायी तथा प्रवासी नेपाली मंच स्पेनका पूर्व  महासचिव लक्ष्मण शर्माले गरेको थिए।  वक्ताहरुको रुपमा एनआरएनएका केन्द्रिय उपाध्यक्ष राम शरण शिंखडाले “युवाहरुको भविष्य र नेत्रित्व विकास” बारेमा आफ्नो भनाई राखेको थिए । प्रवासी नेपाली सफल व्यवसायी, नेपालमा लगानीकर्ता ऊ मेघाश्री फर्मास्युटिकल प्रालिका अध्यक्ष तथा एनआरएनएका पुर्व  केन्द्रिय उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले प्रवासी नेपालीलाई  “नेपालको लागानीमा  चुनौति र संभावना” का बारे आफ्नो भनाई राखेका थिए भने एनआरएनएका केन्द्रिय सचिव डा नवराज रोस्याराले आफ्नो अनुभवका साथै युवहरुको लागी प्रेरणादायी भनाई राखेका थिए।

कार्यक्रमका अकर्षक पक्ष स्पेनका प्रवासी युवा ईन्जिनियारहरुको आफ्नो प्रोजेक्ट www.nepikose.com प्रस्तुत गारेका थिए।  उक्त कार्यक्रमा  ई पुजन तिमिल्सिनाले   नेपालको लागी नेपाल फर्केर केहि गर्न सकिन्छ कि भनेर गरेको प्रयास र असफलता बारे भोगेको तितो अनुभवले यस कार्यक्रमका सहभगी सबैको ध्यानाकर्षण गरेको थियो। स्पेनमा अध्यनरत युवा बिधार्थीहारुको पानि बाक्लो उपस्थिति रहेको यस कार्यक्रममा प्रवासी नेपाली युवा ईन्जिनियरहरु स्पेनबाट भौतिक रुपमा ६ जना उपस्थित भएको थियो भने  जुमको माध्यमबाट २ जना उपस्थित भएका थिए।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित