प्रवासी नेपाली मंच अष्ट्रियाले गर्यो दमदार अन्तरक्रिया कार्यक्रम

प्रवासी नेपाली मंच अष्ट्रियाले गर्यो दमदार अन्तरक्रिया कार्यक्रम
युरोपनेपाली खबर २०८० चैत १ गते बिहीबार, 14-03-2024


भियना, अष्ट्रिया, १४ मार्च २०२४ -

प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी अष्ट्रियाको आयोजनामा नेपालको समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नेकपा एमाले स्थायी समिति सदस्य, परराष्ट्रविद् तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा बोल्नु हुँदै डा. भट्टराईले अहिलेको नेपालको राजनैतिक स्थायित्व र देशलाई गति दिन वर्तमान नवगठवन्धन बनेको र यसले देशको अर्थतन्त्र सुदृढ बनाउँदै बिकास निर्माण कार्यलाई अभि बढाउने बताउनु भयो । देशमा सुशासनको प्रत्याभूती दिलाउँदै र जनतामा देखिएको निराशालाई चिर्दै अग्रगमनको लागी यो सरकार निर्माण भएकोले प्रवासबाट समेत सकारात्मक सन्देश प्रवाह गर्न अपिल गर्नु भयो । 

प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी अष्ट्रियाकी सचिव  बाबा राजेश्वरी थापाको अध्यक्षतामा संचालित सो कार्यकर्मममा अष्ट्रियाको लागि नेपाली राजदुत भरतराज रेग्मीले आफुले जिम्मेवारी लिएको छोटो समय मात्र भएपनि नेपाली डायस्पोरा अष्ट्रियाबाट प्राप्त सहयोगबाट आफु अत्यन्त खुसी भएको र दुतावासबाट धेरै काम गर्ने प्रयास भैरहेको जानकारी गराउनु भयो । उहाँले विभिन्न संघ संस्थाहरुको सहभागीतामा र सुझावमै दुताबासले आफ्नो सिमा र कर्तब्य सम्झदै नेपालीहरुको सहयोगको लागी सदैव  प्रयत्नशिल रहने बताउनु भयो ।

प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले मंचको विश्वब्यापी अभियान र यसको उदेश्य  तथा कार्यदिशाबारे जानकारी दिंदै छोटो समयमा राष्ट्रिय कमिटी अष्ट्रिया र विशेष  गरी यसको कार्यसमिति गरेको कार्यक्रमहरुको प्रशंसा गर्दै आगामी दिनमा समेत दुतावास तथा अन्य संघसंस्थासंगको हातेमालोमा मंच अग्रणी समाजिक संस्थाको रूपमा  कृयाशिल हुने विश्वास ब्यक्त गर्नुभयो ।  सो अवसरमा एनआरएन यूरोपका निवर्तमान संयोजक सन्तोष भट्टराई, एनआरएन अष्ट्रियाका पूर्व  अध्यक्ष बिनोद चौलागाई,  निवर्तमान यूरोप महिला उप-संयोजक निता  सापकोटा, वरिष्ठ समाजसेवी रामबहादुर विश्वकर्मा तथा  समाजका लब्धप्रतिष्ठित ब्यक्तित्वहरुको बाक्लो उपस्थित थियो । पाहुनाहरुलाई सभाध्यक्ष बाबा राजेश्वरी थापाले पुष्पगुच्छाले स्वागत गर्नु हुँदै मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । २ घण्टासम्म चलेको सो कार्यक्रमको संचालन मंचका उपसचिव दिनेश बैदावर क्षेत्रिले गर्नु भएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित