विश्वमा सुन्दर झण्डा हुने देशमा नेपाल टप फाइभमा, पहिलो कुन देशको ?

विश्वमा सुन्दर झण्डा हुने देशमा नेपाल टप फाइभमा, पहिलो कुन देशको ?
युरोपनेपाली खबर २०८० चैत २ गते शुक्रबार, 15-03-2024


पोर्चुगल । विश्वमा सुन्दर झण्डा हुने देशमा नेपाल टप फाइभमा परेको छ । इन्साइडलर मङकीले विश्वका सबैभन्दा सुन्दर झण्डा भएका २५ देशहरूको सूची तयार गरेकोमा नेपाल टपफाइभमा परेको हो । र्याङकर, फोर्ब्स, न्युज १८, रेडिट थ्रेड लगायतका वेवसाइटहरु प्रयोग गरेर झण्डाहरुको स्कोर निकालिएको हो । जसमा नेपालको झण्डाले १३ स्कोर प्राप्त गरेको छ ।

नेपालको झण्डा विश्वको सबैभन्दा अनौठो र सुन्दर झण्डा मध्ये एक भएको तथा आयताकार झण्डाहरू भन्दा फरक रहेको इन्साइडलर मङकीले उल्लेख गरेको छ । नेपालको झण्डा दुई त्रिकोणको संयोजन रहेको तथा झण्डामा रहेका सिम्रिक र निलो रंगमध्ये सिम्रिकले राष्ट्रिय फूलको प्रतिनिधित्व गर्ने तथा नीलो रंग शान्ति र सद्भावको प्रतीक रहेको उल्लेख गरिएको छ । सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो।

इन्साइडलर मङकीले भनेको छ – ‘नेपालको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य झल्काउने झण्डाको विशिष्ट आकार र समृद्ध प्रतीकात्मकताले यसलाई तुरुन्तै चिन्न सकिने र सौन्दर्यात्मक रूपमा आकर्षक बनाउँछ।’

सुन्दर झण्डा हुने देशमा चौथोमा साउथ अफ्रिका परेको छ भने तेश्रोमा ब्राजिल परेको छ । दुबैले १५ स्कोर पाएका छन् । दोश्रोमा १७ स्कोरका साथ क्यानडा परेको छ भने पहिलोमा १८ स्कोरका साथ जापान परेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित