पोर्चुुगलमा यही २४ देखि ३१ मार्चसम्म राहदानी दरखास्त संकलन सेवा उपलब्ध हुने

पोर्चुुगलमा यही २४ देखि ३१ मार्चसम्म राहदानी दरखास्त संकलन सेवा उपलब्ध हुने
युरोपनेपाली खबर २०८० चैत ४ गते आइतबार, 17-03-2024


हेर्नुहोस् सूचना जस्ताको तस्तै :

पोर्चुुगलमा राहदानी सेवा उपलब्ध गराउनेबारेको अत्यन्त जरुरी सूचना !


पोर्चुुगलको  राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आउने टोलीले यही २४ मार्च २०२४ (११ चैत्र २०८०) देखि ३१ मार्च २०२४ (१८ चैत्र २०८०) सम्म जैविक तथ्यांक संकलन गर्ने ब्यहोरा सम्बन्धित सबैका लागि अनुरोध छ । दरखास्त संकलनको कार्य शनिबारबाहेक अन्य प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म रहने ब्यहोरा पनि जानकारी गराइन्छ । यसबीचमा हराएका र बिग्रिएका, हालसम्म म्याद सकिएका, २०२४ अप्रिल अन्तिमसम्म म्याद भई ‘आइमा’मा ‘एपोइन्टमेन्ट’ लिएर बसेका, पोर्चुगलमा जन्मिएका बालबालिका लगायतको राहदानी मात्रै नविकरण एवं नयाँ बनाइनेछ । राहदानी नविकरणका लागि सक्कल नागरिकता एवं नविकरण गर्नुपर्ने राहदानी अनिवार्य रुपमा ल्याउनुपर्नेछ । यस्तै हराएका राहदानीको हकमा भने प्रहरी रिपोर्ट अनिवार्य गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित