पोर्चुगलमा एक महिने ब्युटिसिएन तालिम सफलतापूर्वक सम्पन्न

पोर्चुगलमा एक महिने ब्युटिसिएन तालिम सफलतापूर्वक सम्पन्न
www.europenepalikhabar.com २०८० चैत ५ गते सोमबार, 18-03-2024

युरोपनेपाली खबर, पोर्चुगल ।

दुर्गा पंगेनी, लिस्बन । नेप्लिज वोमन एशोसिएसन पोर्चुगलको आयोजना र लिस्बन हेयर एण्ड ब्युटी पार्लरको व्यवस्थापन र सहयोगमा फ्रेवुअरी १५ देखि मार्च १५ सम्म लिस्बनमा संचालन भएको एकमहिने ब्युटिशिएन तालिम सम्पन्न भएको छ । 

मार्च १७ तारिख आईतबारको दिन एक औपचारिक कार्यक्रम  सहित सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिम समापन गरिएको हो । तालिममा २५ जना नेपाली दिदीबहिनीहरूले नेल सम्बन्धी, मेनिकेअर, पेडिकेअर, जेलिनो जेल र थ्रेडिङ गर्ने तरिकाको बारेमा सिक्नु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्काले पोर्चुगलको नेपाली समाजमा एउटा महत्त्वपूर्ण संस्थाको रूपमा स्थापित भएको नेप्लिज वोमन एशोसिएसनले निकै सराह्रनीय कामहरु गर्दै आएको र यसबाट एनआरएनएलाई पनि उप्रेरित गरेको भन्दै नेप्लिज वोमन एसोसिएसनले गरेका यस्ता कार्यहरुमा आफुहरु सहयोग गर्न तयार रहेको बताउनु भयो ।

त्यस्तै सहभागीहरू सिता थापा, प्रतिमा अधिकारीले विदेशको ठाउँमा पनि यस्तो अवसर पाउँदा निकै खुसी ब्यक्त गर्दै आयोजकलाई धन्यवाद दिनुभयो ।

संस्थाका संरक्षक निर्मला ढकाल, प्रशिक्षक मिरा कार्की  लगायतले बोल्दै आत्मनिर्भर बन्न सहभागीलाई प्रेरित गर्नुभयो । संस्थाका अध्यक्ष शान्ति अर्याल अधिकारीले बिदेशमा भाषा र सिप नहुँदा धेरै दिदीबहिनीहरु बेरोजगार बस्नु परेको कारण औल्याउँदै केही हदसम्म भएपनि सहयोग पुर्याउने उद्देश्यले बेरोजगार, नयाँ आउनु भएका र अति ईच्छुक दिदीबहिनीहरूलाई प्राथमिकतामा राखेर तालिम संचालन गरिएको बताउनु भयो।

संस्थाका उपाध्यक्ष बिन्दु गौतमको स्वागत मन्तव्य,सदस्य कला पङ्गेनीको संचालन र संस्थाका अध्यक्ष शान्ति अर्याल अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

आयोजकहरुले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि, सहभागी  लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित