प्रवासी नेपाली मञ्च माल्टाको अधिवेशनद्वारा राजु अर्यालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन

प्रवासी नेपाली मञ्च माल्टाको अधिवेशनद्वारा राजु अर्यालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन
www.europenepalikhabar.com २०८० चैत ५ गते सोमबार, 18-03-2024

युरोपनेपाली खबर, पोर्चुगल ।

युरोप, १८ मार्च । प्रवासी नेपाली मञ्च, माल्टाको दोस्रो अधिवेशन राजु अर्याल(बाबु) को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गर्दै आइतबार सम्पन्न भएको छ ।

प्रमुख अतिथि नेकपा(एमाले) स्थायी कमिटी सदस्य तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराई, बिशेष अतिथिहरू प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका सचिव तथा संगठन विभाग प्रमुख हेम शेर्पा , प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार परिषद् उपाध्यक्ष तथा एनआरएनए, आईसीसी उपाध्यक्ष  रामशरण सिंखडा एवम् प्रवासी नेपाली मञ्च, युरोप महादेश कमिटीका संयोजक मुक्त गुरूङको उपस्थितिमा सम्पन्न अधिवेशनले मंचको नयाँ  कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले राजु अर्याल(बाबु) को अध्यक्षतामा २५ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भएको छ। प्रवासी नेपाली र संगठनको हितमा प्रभावकारी काम गर्ने विश्वास लिंदै  नवनिर्वाचित कमिटीलाई प्रवासी नेपाली मञ्च, युरोप महादेश कमिटीले  बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

हेर्नुहोस् मंचको नवनिर्वाचित कार्यसमिति :

अध्यक्षः राजु अर्याल (बाबु)

उपाध्यक्षः कमल पोखेल 

सचिवः हेमराज भण्डारी 

उपसचिवः शिक्षा घिमिरे 

उपसचिवः अंश बस्नेत 

सदस्यहरूः

जानुका नेपाल, 

कृष्ण गिरी, 

लिलाधर पोखरेल, 

प्रकाश पाण्डे, 

सन्तोष रतन, 

धन बहादुर तामाङ, 

कमल के.सी., 

भरत अर्याल, 

गोविन्द पौडेल, 

विष्णु पौडेल, 

दीर्घसिं गुरुङ, 

धनराज अविरल, 

भुपेन्द्र गिरी, 

कमल भुषाल, 

सविन पण्डित, 

शिरोमणि पौडेल, 

भुपाल न्यौपाने, 

निरज भुजेल, 

हेम मण्डल ,

प्रभा राई ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित