मार्च २४ आइतबारबाट पोर्चुगलको लिस्बनमा राहदानीका लागि बायोम्याट्रिक लिने कार्य सुरु

मार्च २४ आइतबारबाट पोर्चुगलको लिस्बनमा राहदानीका लागि बायोम्याट्रिक लिने कार्य सुरु
२०८० चैत ११ गते आइतबार 24-03-2024


लिस्बन । पोर्चुुगलको राजधानी लिस्वनस्थित Rua Jose Estevao, N. 44A, 1150-203, Lisboa मा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएको टोली र अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय एवं सहजीकरण तथा पोर्चुगलस्थित NRNA लगायत विभिन्न संघसंस्थाको स्वयंसेवी सहयोगमा आज मार्च २४ देखि ३१ मार्च २०२४ सम्म विहान ८ देखि साँझ ६ बजेसम्म जैविक तथ्यांक संकलन (बायोम्याट्रिक) कार्य सुरु भएको छ ।

आज पहिलो सेवाग्राही सुरज कायस्थ हुनुहुन्थ्यो । प्राविधिक रूपमा कुनै समस्या नआए दैनिक १ सय जनाले सेवा लिने अपेक्षा राखिएको नेपाली दूतावास पेरिसबाट सेवा प्रदान गर्न आउनु भएको नियोग उपप्रमुख सीता बस्नेतले जानकारी दिनु भएको छ ।

सेवाग्राहीले दूतावासद्वारा सूचनामा तोकिएको प्राथमिकता अनुसार अवैतनिक नेपाली महाबाणिज्य दूतावासबाट प्रकाशित नामावली भएका सेवाग्राहीले मात्र उक्त स्थानमा आफ्नो नाम भएको दिन उपस्थित भइ सेवा लिनुहुन अनुरोध गरिएको छ ।

राहदानी नविकरणका लागि सक्कल राहदानी र नागरिकता आवश्यक पर्नेछ भने हराएको हकमा सक्कल नागरिकता, हराएको राहदानीको प्रतिलिपी तथा प्रहरी ‘रिपोर्ट’ अनिवार्य रुपमा साथमा ल्याउनुपर्नेछ । यस्तै नागरिकता हराएको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित अभिलेख साथमा ल्याउनुपर्नेछ । बालबालिकाको नयाँ राहदानी बनाउनुपरेमा जन्मदर्ता, बाबुआमाको विवाह दर्तासँगै उनिहरुको नागरिकता र राहदानीको प्रतिलिपीको साथमा ‘कन्सुलेट कार्ड’ अनिवार्य ल्याउनुपर्नेछ भने नविकरणको हकमा नाबालक परिचयपत्रसँगै बच्चाको राहदानी, जन्मदर्ता, बाबुआमाको विवाह दर्ता र नागरिकताका कागजातहरु आवश्यक पर्नेछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित