पोर्चुगलको समुद्रमा दुई नेपाली बेपत्ता, एकको शव फेला, एकको खोजी कार्य जारी

पोर्चुगलको समुद्रमा दुई नेपाली बेपत्ता, एकको शव फेला, एकको खोजी कार्य जारी
घटनास्थल नजिकै खोजी कार्यमा जुटेको सम्बन्धित निकायहरु
२०८० चैत २५ गते आइतबार, 7-04-2024


युरोपनेपाली खबर, ७ अप्रिल, लिस्बन ।

पोर्चुगलको मोन्तेजु भन्ने स्थानको समुद्रमा ६ अप्रिल २०२४ शनिबारका दिन दुई नेपाली बेपत्ता भएका छन् । ती मध्ये एकको शव फेला परेको छ भने अर्का एकको अवस्था अझै अज्ञात रहेकोले खोजी कार्य जारी रहेको समाचार प्राप्त भएको छ ।

धादिङ्ग जिल्लाको नेत्रावती डपजोङ-५ घर भई हाल मोन्तिजो पोर्तुगल बस्दै आएका ३० बर्षिय धनबहादुर तामाङ्ग (साजन) र ३८ बर्षिय टेकबहादुर तामाङ्ग हिजो बेलुका मोन्तिजो नजिकै अमेज्वा टिप्न जाँदा समुन्द्री किनारमा वेपत्ता भएका थिए । बेपत्ता मध्ये धबहादुर तामाङ्को शव फेला परेको छ भने बेपत्ता रहेका अर्का टेकबहादुर तामाङ्को अवस्था हालसम्म अज्ञात रहेकोले सम्बन्धित निकायबाट खोजी कार्य जारी रहेको घटनास्थल पुगेर घटनाको जानकारी लिनु भएका एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्काले बताए । मृत भेटिएका धनबहादुर तामाङको शव पोष्टमार्ट्मको लागि अस्पताल लगिएको बताइएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित