एनआरएनएले गोर्खा सम्बन्धी अन्तरक्रिया कार्यक्रम अर्को मितिमा गर्ने

एनआरएनएले गोर्खा सम्बन्धी अन्तरक्रिया कार्यक्रम अर्को मितिमा गर्ने
www.europenepalikhabar.com २०८० चैत २५ गते आइतबार, 7-04-2024


विकास नेउपाने, बेलायत । गैरआवासीय नेपाली संघको आयोजनामा हुने भनिएको एक कार्यक्रम स्थगित भएको छ । 

गैरआवासीय नेपाली संघ अन्तरर्गतको गोर्खा कल्याण समन्वय समिति र गैरआवासीय नेपाली संघ यूकेको आयोजनमा अप्रील १४ तारिख हुने भनिएको अन्तरक्रिया कार्यक्रम हालको लागि स्थगित गरिएको हो ।  

एनआरएनए गोर्खा कल्याण समन्वय समितिका अध्यक्ष चन्द्र गुरुङ र एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङले एक विज्ञप्ति जारी गर्दै गत बुधबार ३ अप्रिल २०२४ मा   सर्बोच्च अदालतले एनआरएनको दशौं र एघारौं महाअधिबेशन खारेज गरे संगै एनआरएनए संस्था सुन्य अवस्थामा झरेको भन्दै कार्यक्रम स्थगित गरेका हुन् ।

विज्ञप्तिमा सर्बोच्च सम्माननिय अदालतले एनआरएन जस्तो संस्थालाई आफ्ना कार्यक्रमहरु संचालन र परिचालन गर्न अत्यन्तै असहज परिस्थितिको शृजना गरी दिएको छ । जसका कारण, यो अन्तरराष्ट्रिय स्तरको सम्मान तथा अन्तरकृया कार्यक्रम अनिश्चित समयको लागि स्थगित गरिएको उल्लेख छ । 

कार्यक्रमलाई उपप्रधानमन्त्री तथा पररास्ट्रमन्त्री, वेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी लगायतले सम्बोधन गर्ने कार्यक्रम थियो । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित