जर्मनीको कोलोन शहरमा नेपाल डे मनाउने तयारी

 जर्मनीको कोलोन शहरमा नेपाल डे मनाउने तयारी
www.europenepalikhabar.com २०८० चैत २६ गते सोमबार, 8-04-2024


विकास नेउपाने, लण्डन । जर्मन नेपाल मैत्री संघको आयोजनामा जर्मनीको कोलोन शहरमा नेपाल डे मनाउने तयारी गरिएको छ ।

नेपालको लागि अवैतनिक महावाणिज्य दूत एवमं संघका अध्यक्ष रामप्रताप थापाका अनुसार संघको आयोजनामा ३५ औं नेपाल दिवस मनाउन लागिएको हो । यस वर्षको नारा ‘परिवर्तनको चाहना, के सपना मात्र होरु’ भन्ने रहेको छ ।


अवसरमा नेपालको लोक संस्कृति झल्किने लोक नृत्य तथा विशेष सांस्कृति कार्यक्रमको प्रस्तुती रहने छ । कार्यक्रममा जर्मनीस्थित विभिन्न प्राज्ञिक तथा व्यावसायिक क्षेत्रका विज्ञ तथा जर्मनीमा वसोवास गर्ने नेपाली तथा नेपालमा माया गर्ने जर्मनहरुको सहभागिता रहने छ ।

थापाका अनुसार जर्मनीमा नेपालीहरुको आगामनले पारेको प्रभावको बारेमा समेत सो मेलामा छलफल गरिने छ ।

जर्मन नेपाल मैत्री संघले नेपाल पर्यटन बोर्ड, जर्मनीस्थित नेपाली दूतावास र जर्मनीको म्युजियम कल्चर अफ दि वल्डर्सको सहकार्यमा सो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का मैत्री संघमा आवद्ध सदस्यहरु डाक्टर, इन्जिनियर, पत्रकार, कलाकारहरु, समाजसेवी सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहने छ ।

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने, निवर्तमान अध्यक्ष कुमार पन्त लगायतको सहभागीता रहने छ ।

समारोहमा विदेशमा रहने नेपाली तथा नेपाललाई सहयोग गर्न चाहने विदेशीलाई कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा विभिन्न कार्यपत्रहरु समेत प्रस्तुत गर्ने भएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित