बेल्जियमको कार्यक्रमबाट जाजरकोटमा विद्यालय पुन:निर्माणका लागि उठ्यो ३० लाख रूपैया

बेल्जियमको कार्यक्रमबाट जाजरकोटमा विद्यालय पुन:निर्माणका लागि उठ्यो ३० लाख रूपैया
www.europenepalikhabar.com २०८० चैत २९ गते विहीबार, 11-04-2024


केजिन राई, काजाब्लांका, क्यासेल्लो ।

गैरआवासीय नेपाली संघ बेल्जियमले जाजरकोटको भुकम्पबाट क्षतिग्रस्त भएको बिद्यालयको पुनर्निर्माण गर्न च्यारिटी सांस्कृतिक साँझ आयोजना गरेको छ । 

गत सोमबार लुभेन स्थित डोनबोस्को हल क्यासेल्लोमा आयोजित सांगितिक कार्यक्रमबाट प्राप्त आम्दानी बिद्यालय पुनर्निर्माण गरिने एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले जानकारी गराउनु भएकोछ ।

बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारी उदघाटन गर्नु भएको च्यारिटी सास्कृतिक कार्यक्रमको ससभापतित्व अध्यक्ष सापकोटा , सन्चालन राजेन्द्र कार्की र स्वागत कार्यक्रम संयोजक योगेन्द्र श्रेष्ठले गरेका थिए ।

नेपाल आदिबासी जनजाति महासंघ बेल्जियम कावा अध्यक्ष मुना राई , शेर्पा समाज अध्यक्ष पेम्बा शेर्पा , तमु समाज अध्यक्ष होम गुरुंग , एनआरएन बेल्जियम उपाध्यक्ष समेत रहेकी किरात राई  सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिंग , तामांग समाज अध्यक्ष राम  लामा ,तमु धी अध्यक्ष संगिता तमुसियो,ब्यबशायी संघ अध्यक्ष चिरण खवास , एनआरएन अभियाअन्ता गंगाधर गौतम, लोकप्रसाद दाहाल , पुर्ब अध्यक्ष प्रेम गुरुंग , नेपाली जन प्रगतिशिल मन्च अध्यक्ष प्रकास पोडेल, युरो नेपाल  कलाकार संघ अध्यक्ष बलराम  पुन लगायत लगायत बिभिन्न संघ सॅस्थाको उल्लेख्य अतिथी  उपस्थि थिए ।

उपाध्यक्ष काशी  दनै , लोकेन नेपालले सहयोगीहरूबारे प्रकाश पारे ।

स्थानिय कलाकारहरू समेत बिभिन्न गीतहरूमा नृत्य पस्किएका थिए । भने सास्कृतिक कार्यक्रमको सन्चालन  एडिना केसीले गरेका थिए ।

कार्यक्रममा सहयोगदाताहरूलाई ससम्मानित गरिंएको थियो !

च्यारिटी - सांगितिक कार्यक्रममा भ्वाईस अफ नेपालका बिजेता किरण गजमेर र लाहुरे कान्छा लगायतका स्थानीय कलाकारहरुले मनोरन्जन दिएका थिए ।

बेल्जियमसंग जोडिएका वरपरकाछिमेकी देशहरू नेदरल्यान्ड, जर्मनी, लग्जेम्बर्ग र फ्रान्सका एनआरएनएका अध्यक्षहरु पनि कार्यक्रममा उपस्थित थिए ।

नयाँ बर्षको शुभकामना आदान प्रदानका साथै मनोरन्जन र खानपानको ब्यबस्था पनि गरिएको थियो ।

हाल सम्म अनुमानित ३० लाख रूपैया जम्मा भै सकेको र बिधालयको  ४ कोठे पक्की भवन नै निर्माण गर्न रकम पुग्ने कुरा अध्यक्ष सापकोटाले बताईन ।

कलाकारको धमकेदार प्रस्तुति 

गैरआवासीय नेपाली संघ बेल्जियमले जाजरकोट जिल्लामा भुकम्पले भत्काएको बिद्यालय बनाउन एक च्यारिटी सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालय भवन निर्माण गर्न सहयोग संकलन गर्ने उद्यस्यले आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा द भ्वाइस अफ नेपालका बिजेता गायक किरण गजमेर र स्थानिय कलाकार लाहुरे कान्छा, बलराम पुन लगायतले आ-आफ्नो प्रस्तुतिमा उपस्थित दर्शकहरुलाई नचाएका थिए । साथै स्थानीय  कलाकारहरुको नृत्यले पनि खचाखच भरिएको हलका दर्शकहरुले मनोरंजन लिएका थिए । नेपाली नयाँ बर्षको अबसरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गर्न र मनोरंजन गर्न करीब तीन सय जनाको उत्शाहप्रद सहभागिता रहेको थियो ।   उक्त परीयोजनाका लागि करीब २१ हजार युरो संकलन भएको र अब छिट्टै बिद्यालय भवन् निर्माण सुरु गरिने एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले जानकारी गराउनु भएकोछ । सांगितिक कार्यक्रम अघि भएको छोट्टो औपचारिक कार्यक्रममा संस्थाका उपाध्यक्ष कासी दनैले ब्रित्तचित्र मार्फत बिद्यालय भवन बनाउने स्थान, भत्किएको  त्यहांको बस्तुस्थिति बिद्यालय र वडा कार्यालय सँग भएको सम्झौता पत्र लगायतका बिषयमा जानकारी गराउनु भएको थियो । आर्थिक सहयोग गर्ने ब्यक्ती र संस्थालाई धन्यवाद दिदै अर्का उपाध्यक्ष लोकेन्द्र नेपालले आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो ।  अतिथि कलाकारहरु लगायत कार्यक्रमका लागि प्रायोजन गर्ने र अन्य ब्यबस्थापकीय सहयोग गर्ने नेपाली समुदाय र बेल्जिक नागरिकहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी र एनआरएनए बेल्जियम अध्यक्ष सापकोटाले मायाको चिनो प्रदान गर्दै सम्मान गर्नु भएको थियो । एनआरएन बेल्जियमका उपमहासचिब राजेन्द्र कार्कीले औपचारिक र एडिना केसीले सांस्कृतिक कार्यक्रमको संचलान गरेका थिए । अतिथिहरुलाई कार्यक्रम सन्योजक योगेन्द्र श्रेष्ठले स्वागत गर्नु भएको थियो । एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटाले उपस्थित दर्शक , कलाकारहरु र पाहुना र सहयोगि सबैलाई धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित