विश्वमा कुन देशसंग कति आवणिक हतियार छन् ? आणविक युद्ध भए कसले जित्छ ? यस्तो छ ताजा रिपोर्ट

विश्वमा कुन देशसंग कति आवणिक हतियार छन् ?  आणविक युद्ध भए कसले जित्छ ? यस्तो छ ताजा रिपोर्ट
Picture Source : Google
www.europenepalikhabar.com २०८१ असार ७ गते शुक्रबार, 21-06-2024


अमेरिकाभन्दा रुससँग आणविक हतियार बढी, पाकिस्तानलाई भारतले उछिन्यो

पोर्चुगल । विश्वका शक्तिशाली राष्ट्रहरू आणविक हतियार जोगाड प्रतिस्पर्धामा उत्रिएका छन् । विश्वका ९ देशसँग सन् २०२३ सम्म १२ हजार १२१ आणविक हतियार छन् । 

स्वीडिश थिङ्क ट्याङ्क स्टकहोम इन्टरनेसनल पिस रिचर्स इन्स्टिच्युटले सार्वजनिक गरेको ‘आणविक हतियारसम्बन्धी प्रतिवेदनमा २०२४’ मा उक्त संख्यामा आणविक हतियार भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलसँग आणविक हतियार भएको उल्लेख छ ।

प्रतिवेदन अनुसार, सन् २०२३ सम्म सबैभन्दा बढी आणविक हतियार रुससँग छ । सन् १९४९ मा पहिलो पटक आणविक हतियार परिक्षण गरेको रुससँग ५ हजार ५८० आणविक हतियार रहेको छ ।

रुसपछि दोस्रो ठूलो संख्यामा आणविक हतियार अमेरिकासँग छ । विश्वमै सबैभन्दा पहिला आणविक हतियार अमेरिकाले सन् १९४५ मा बनाएको थियो । हाल अमेरिकासँग ५ हजार ४४ वटा आणविक हतियार भएको प्रतिवेदनमा उल्लेख छ ।

विश्वमा तेस्रो ठूलो संख्यामा आणविक हतियार चीनसँग छ । तर, रुस र अमेरिकाको तुलनामा चीनसँग निकै सानो संख्यामा मात्र आणविक हतियार छ । प्रतिवेदनमा उल्लेख गरिए अनुसार, चीनसँग हाल ५०० वटा आणविक हतियार छ । सन् २०२३ मा सबैभन्दा बढी आणविक हतियार चीनले थपेको छ । 

सन् २०२२ को डिसेम्बरसम्म चीनसँग ४१० वटा आणविक हतियार थिए । सन् २०२३ मा चीनले ९० वटा आणविक हतियार थपेको छ । दक्षिण एसियाली राष्ट्रमा भारतले आणविक हतियारको संख्यामा पाकिस्तानलाई उछिनेको छ । सन् २०२२ सम्म भारसँग १६४ वटा र पाकिस्तानसँग १७० वटा आणविक हतियार रहेका थिए ।

सन् २०२३ को डिसेम्बरसम्म आइपुग्दा आणविक हतियारको संख्या भारतले १७२ पुर्‍याएको छ । पाकिस्तनले भने १७० मा थपेको देखिँदैन ।

यस्तै, बेलायतसँग २२५, फ्रान्ससँग २९०, इजरायलसँग ९० र उत्तर कोरियासँग ५० वटा आणविक हतियार भएको प्रतिवेदनमा उल्लेख छ । विश्वमा रहेका कुल आणविक हतियारको ९० प्रतिशत हिस्सा रुस र अमेरिकासँग रहेको प्रतिवेदनमा उल्लेख छ ।

कुल आणविक हतियारमध्ये ९ हजार ५८५ सैनिक हतियार हुन् । यीमध्ये ३ हजार ९०४ वटा आणविक हतियार मिसाइल तथा विमानमा जडान गरी तयारी अवस्थामा राखिएको छ । 

दुई हजार एक सय आणविक हतियार ब्यालेस्टिक मिसाइलमा जडान गरी तयारी अवस्थामा राखिएको छ । यी हतियार उच्च सतर्कताका साथ राखिएको छ । ५ हजार ६८१ आणविक हतियार भण्डारण गरिएको अवस्थामा छन् ।

आणविक हतियारको सफल परीक्षण अमेरिकाले सन् १९४५, रुसले सन् १९४९, बेलायतले सन् १९५२, फ्रान्सले सन् १९६०, चीनले सन् १९६४, भारतले सन् १९७४, पाकिस्तानले सन् १९९८ र उत्तर कोरियाले सन् २००६ मा गरेका थिए ।

प्रतिवेदन अनुसार, अमेरिकाले १ हजार ७७०, रुसले १ हजार ७१०, बेलायतले १२०, फ्रान्सले २८० र चीनले २४ वटा आणविक हतियार तयारी अवस्थामा राखेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित