एनआरएनए बेल्जियमको १८ औं साधारणसभा सबै पक्ष मिलेर सौहार्दपुर्ण रूपमा गर्न सामाजिक अगुवाहरुको आग्रह

एनआरएनए बेल्जियमको १८ औं साधारणसभा सबै पक्ष मिलेर सौहार्दपुर्ण रूपमा  गर्न सामाजिक अगुवाहरुको आग्रह
www.europenepalikhabar.com २०८१ भाद्र १ गते शनिबार, 17-08-2024


बेल्जियम । गैरआवासीय नेपाली संघ बेल्जियमको १८औ बार्षिक साधारणसभा १९ अगस्ट सोमबार बेल्जियमको क्यासेल्सोमा हुने तय भएपनि अध्यक्ष र महासचिवबीचको वेमेलले साधारणसभा शान्तिपूर्ण वातावरणबीच सम्पन्न नहुने हो कि भन्ने आशंका देखिएको छ ।

साधारणसभाका लागि अध्यक्ष र महासचिवले एकै स्थानको ठेगाना राखेर छुट्टाछुट्टै पत्राचार समेत गरेका छन् । तर विश्वस्त सुत्रका अनुसार अध्यक्षले महासचिवलाई बार्षिक प्रतिवेदन प्रस्तुत गर्न नदिने तयारी गरेपछि महासचिवले प्रतिवेदन तयार गरेर सार्वजनिक नै गरिसकेकी छन् ।  उनले महासचिवको नाताले साधारणसभामा प्रतिवेदन पेश गर्ने तयारी गरिरहेको बुझिएको छ ।

पूर्ब अध्यक्षहरू र कार्यसमितिका केही पदाधिकारीहरूले महासचिवले विधान बमोजिम प्रतिवेदन पेश गर्नु स्वाभाविक र जायज भएको बताउँदा पनि अध्यक्ष लगायत केही पदाधिकारीहरू  महासचिवलाई प्रतिवेदन कुनै हालतमा पेश गर्न नदिने अडानमा छन् । महासचिव जसरी पनि प्रतिवेदन पेश गर्ने र अध्यक्ष कुनै हालतमा नदिने रस्साकसी बीच  साधारणसभा भाँडभैलो हुने सम्भावना रहेकाले सभा नै के हुने हो ? भनेर चिन्ताको विषय बनेको छ । 

यसैबीच एनआरएनए बेल्जियममा साधारणसभाको लागि पेश हुने आर्थिक प्रतिवेदनमा पनि गम्भीर प्रश्न उठ्न सक्ने सङ्केत देखिएको छ । बेल्जियममा गत वर्ष मनाइएको तीज पर्वको शिर्षकमा मात्रै ५-६ पटक आर्थिक सहयोग प्रदान गरिएको छ । 

यो एकबर्ष भित्र मात्र लगभग ९६ हजार युरो  आय आर्जन गरेको  एनआरएनए बेल्जियमले दशैँलाई भव्य कार्यक्रम गरेर मनाएको लगायत हिन्दू धर्मावलम्बीले गरिने पूजाको निम्ति मात्रै पनि एनआरएनए बेल्जियमले आर्थिक सहयोग वितरण गरेको तर आदिबासी जनजातिसँग सम्बन्धित कुनै  पनि चाँडपर्वमा  सहयोग नमिल्ने भनेर अध्यक्षले रुखो जवाफ फर्काएको जनाइएको छ । 

एनआरएनए बेल्जियममा दशैं र लोसारमा, तीज र साकेलामा, कृष्ण जन्माष्टमी र बुद्ध जयन्तीमा हुने विभेदलाई प्रत्यक्ष  देख्न र महसुस गर्न सकिन्छ । यसबारे आदिबासीहरू आगामी निर्णय पर्खेर बसेको जातिय संस्था अध्यक्षहरूले बताए ।

आर्थिक सहयोग राम्रो काम पनि भएको छ । जाजरकोटमा स्कूल बनाउन र हमासद्वारा इजरायलमा हत्या भएका नेपालीको परिवारलाई सहयोग पनि गरिएको छ ।

बार्षिक साधारणसभामा अध्यक्ष एकातिर महासचिब अर्कातिर फर्केर हिड्न नहुने स्थानीय नेपालीको माग छ । पूर्ब अध्यक्षहरू समेतले मिलेर अधिबेशन  गर्नु सुझाएका छन् । पूर्ब अध्यक्ष चित्र सुबेदीले “बैठकमा सबैपक्षबाट भएगरेका गल्तिलाई सच्चाऊनु पर्ने तर अध्यक्ष महासचिब मिलेर नहिडे सबै भलखाडोमा पर्ने बताए ।”

पूर्ब अध्यक्ष लोक दाहालले “सबैलाई भद्रगोल र लफडा नगरी मिल्न सुझाब दिए । निबर्तमान अध्यक्ष खडक बहादुर केसीले अझै मिल्ने समय रहेको र नमिली जाँदा गलत सन्देश जाने बताए ।”

पूर्ब अध्यक्ष पिजी शेर्पाले भने “ बेल्जियम एनआरएन टुहुरा केटाकेटीले चलाए जस्तो भैरहेको छ ।  बालबच्चाको खेल भयो भन्दै एनआरएन प्रतिको धारणा व्यक्त गरे । पूर्ब अध्यक्ष गंगाधर गौतमले साधारणसभा एक प्रकारको फेष्टिभल हो । गल्ति, कमीकमजोरी सच्चाऊने, बादबिबाद भन्दापनि स्वस्थ्य वहस गर्ने ठाँऊ हो । उनले मिलेर जानुपर्ने हुन्छ भन्दै अझै मिल्न पहल भैरहेको बताए । “

एनआरएन बेल्जियम उपाध्यक्ष तथा किराँत राई सोसाईटी बेल्जियमकी  अध्यक्ष  इन्दिरा चाम्लिंगले  “व्यक्तिगत इगो साँधेर होइन समाज र संस्थाको हितलाई मध्यनजर गर्दै आक्रामक नभई आफ्नो  गल्ति र कमजोरी सुधार गर्दै, हठ त्याग्दै लचकता अपनाएर संयमित भई  मिलेर अगाडि जानु नै  वर्तमान समयको अपरिहार्यता रहेको बताइन् ।” 

अध्यक्ष सिता सापकोटाले सबै अन्तिम अबस्था भएकाले  फेरबदल गर्न नमिल्ने तर साधारण सभापछि  सामूहिक रूपमा बसेर छलफल गरी अगाडि जाने बताईन् ।

यता महासचिब रूबिना शर्माले विधानले दिएको अधिकार र कर्तव्य बमोजिम बार्षिक प्रतिबेदन पेश गर्ने महासचिवको अधिकार हनन गर्न खोजे  आफुले प्रतिबाद गर्नु स्वाभाविक भएको बताइन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित