सेप्टेम्बर ६, तीजको दिन पोर्चुगलका दिदीबहिनीले बेलाभिस्ता पार्कमा रमाइलो साँस्कृतिक जमघट कार्यक्रम गर्ने

सेप्टेम्बर ६, तीजको दिन पोर्चुगलका दिदीबहिनीले बेलाभिस्ता पार्कमा रमाइलो साँस्कृतिक जमघट कार्यक्रम गर्ने
www.europenepalikhabar.com २०८१ भाद्र १९ गते बुधबार, 04-09-2024


लिस्बन । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको दिन पोर्चुगलका आम महिला दिदीबहिनीहरुले बृहत तीज विशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएका छन् ।

सेप्टेम्बर ६ तारिख शुक्रबार उक्त कार्यक्रम आयोजना गर्न लागिएकोले नाच्न, गाउन र रमाउन सो दिन दिउँसो १ बजेदेखि ८ बजेसम्म लिस्बनको बेलाभिस्ता पार्कमा जम्मा हुन दिदिबहिनीहरुको तर्फबाट आह्वान भएको छ । 

आज एक सूचना प्रकाशित गर्दै उक्त कुरा जानकारी दिइएको हो ।


हेर्नुहोस् सूचना जस्ताको तस्तै :

नमस्कार पोर्चुगलबासी सम्पूर्ण दिदीबहिनी, बुवाआमा तथा दाजुभाइहरु,

सर्बप्रथम त नजिकै आइरहेको हारितालिका तीजको अबसरमा सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

जति जति तीज नजिकिंदै जान्छ, हामी चेलीहरुलाइ त्यति त्यति माइतीघरको याद आउछ, बुवा आमा, दिदीबहिनी, दाजुभाइ  हरु,संगी साथिहरुको याद आउँछ । अनि दिदिबहिनीहरु संगै बसेर नाच्न, रमाउन अनि दुख सुख बाँड्न मन लाग्छ ।
त्यसैले हामिले फेरि एकदिन हरितालिका तीजको दिन दिदिबहिनीहरु सँगै बसेर नाच्न रमाउनको लागि, प्रदेशी भुमिमा भोगेका पिडाहरु व्यक्त गर्नको लागि,माइतीघर को यादलाइ केही हदसम्म भएपनी मेटाउन को लागि  बेला बिस्ता पार्कमा खुल्ला तीज गीत कार्यक्रम राखेका छौँ ।हामिले उक्त दिन,कुनै आसन,भासण तथा कुनै औपचारिक कार्यक्रम राख्ने छैनौं।केबल दिदिबहिनी हरु का मौलिक गीत हरु लाई मादल र खैजडी को तालमा त केही गीत संगीत को माध्यम बाट सबैलाई नचाउनु नै प्रमुख उद्धेश्य राखेका छौँ ।

तसर्थ उक्त दिन  पोर्चुगलबासी सम्पूर्ण दिदिबहिनी तथा दाजुभाइ हरु बेला बिस्ता पार्कमा जम्मा भएर रमाइलो गर्नको लागि हार्दिक अनुरोध गर्दछौं ।

बिदा मिलाउँदै गर्नुहोला ल।

कार्यक्रम हुने स्थान -बेलाबिस्ता पार्क :
मिति - सेप्टेम्बर 6 तारिख शुक्रबार (हरितालिका तीजको दिन)
समय -दिउँसो १ बजेदेखी सांझ ८ बजेसम्म ।

नोट -यो कुनै सँघ संस्था ले आयोजना गरेको कार्यक्रम होइन,नितान्त दिदिबहिनी हरुको मनोशाय लाई बुझेर केबल रमाइलो को लागि दिदिबहिनी हरु बाटै आयोजना गरिएको कार्यक्रम रहेको हुँदा जो कोहि दिदिबहिनी तथा दाजुभाइ हरु समाबेश हुन सक्नुहुनेछ ।
धन्यवाद ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित