एनआरएनएमा आरके शर्मा र केशव पौडेलको मागमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

एनआरएनएमा आरके शर्मा र केशव पौडेलको मागमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
www.europenepalikhabar.com २०८१ भाद्र ३० गते आइतबार, 15-09-2024

पोर्चुगल – गैरआवासीय नेपाली संघको आधिकारिकता विवादमा आरके शर्मा र डा. केशव पौडेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै साधारण खालको कारण देखाउ आदेश जारी गरेको छ । आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । 

आरके शर्मासहित ४ जनाले भदौ २६ गते आधिकारिकता माग गर्दै रिट दायर गरेका थिए । उक्त रिट निवेदनको पेसी बिहीबारका लागि तोकिएपनि सो दिन न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा हेर्न नमिल्ने भएको थियो ।

दसौं महाधिवेशनबाट निर्वाचित डा. बद्री केसीलाई यसभन्दा अघिको आदेशले दिएको आधिकारिकतामा असन्तुष्टि जनाउँदै निर्वाचनमा पराजित समुहले रिट निवेदन दायर गरेको थियो ।  हाल अदालतको आदेश बमोजिम डा. केसीले आधिकारिक अध्यक्षको हैसियतले बालुवाटारस्थित केन्द्रीय कार्यालयबाट संघको कामकारबाही गर्दै आएका छन् । नेपाल सरकारले पनि डा. बद्री केसीकै नेतृत्वलाई आधिकारिक मान्यता दिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित