एनआरएनए युरोपको १६ औं क्षेत्रीय सम्मेलन २८-३० मार्च माल्टामा हुने

एनआरएनए युरोपको १६ औं क्षेत्रीय सम्मेलन २८-३० मार्च  माल्टामा हुने
www.europenepalikhabar.com २०८१ पुष २० गते शनिबार, 04-01-2025


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं यूरोप क्षेत्रीय सम्मेलन आगामी मार्च महिनाको अन्तिम साता माल्टामा आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघका यूरोप संयोजक चिरन्जीवी खड्काका अनुसार, संघले मार्च २८ देखि ३० तारिखसम्म सो सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो।

सम्मेलनमा नेपालमा हुने गैरआवासीय नेपालीहरूको १० अर्ब लगानी, एनआरएनए नागरिकता, संघका नियमित मुद्दासहित यूरोप क्षेत्रमा नेपालीहरूले भोगेका समस्याहरू र तिनका समाधानको बारेमा छलफल हुने आयोजकले जानकारी दिएको छन् ।

सम्मेलनमा गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष सहित पदाधिकारीहरू, नेपाल सरकारका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ, एनआरएनए अन्तर्राष्ट्रिय कमिटी पूर्व अध्यक्षहरू, पत्रकारहरू र युरोप भरिका झण्डै पाँच सय प्रतिनिधिको उपस्थिति रहनेछ। युरोप क्षेत्रीय सचिव भुवन अर्यालले सम्मेलनको तयारी प्रगतिको जानकारी दिँदै भने, “सम्मेलनको तयारी तीब्र रूपमा चलिरहेको छ। हल बुकिङ्गसहित अन्य आवश्यक तयारी कामहरु भइरहेका छन्।”

सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ माल्टाले लिएको छ। युरोप क्षेत्रमा गैरआवासीय नेपाली संघका दुई दर्जनभन्दा बढी राष्ट्रिय समितिहरू रहेका छन्। गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले आगामी क्षेत्रीय सम्मेलनमा आफुहरुको सक्रिय सहभागिता हुने र सम्मेलनमा राष्ट्रिय समितिका एजेण्डाहरूमा केन्द्रीत गरेर छलफल गर्न आग्रह  गरे ।

यसअघि, गैरआवासीय नेपाली संघको १५ औं युरोपेली बैठक चेक गणतन्त्रको प्रागमा १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित