युरोपनेपाली खबर, लिस्बन । गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले सन् २०२३-२५ कार्यकालको लागि प्रमुख संरक्षक, संरक्षक परिषद सदस्यहरु, प्रमुख सल्लाहकार र सल्लाहकारहरु चयन गरेको समाचार प्राप्त भएको छ ।
एनआरएनए पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्काको अध्यक्षतामा ५ जनवरी २०२५ आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । राष्ट्रिय समन्वय परिषद्को प्रमुख संरक्षकमा पोर्चुगलका लागि महामहिम नेपाली राजदूत, प्रमुख सल्लाहकार महाबाणिज्यदूत रहने गरी चयन गरेको संघका अध्यक्ष उमेश खड्काले बताए ।
यसैगरी संरक्षक परिषदमा सदस्यहरु समेत मनोनीत भएका छन् । यस्तैगरी संघको सल्लाहकारहरुमा पोर्चुगलबाट अन्तर्राष्ट्रिय समन्वय परिषदमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा आइसीसी सदस्यहरु, राष्ट्रिय समन्वय परिषदका संस्थापक अध्यक्षदेखि पूर्व अध्यक्षहरु, पूर्व आइसीसी सदस्यहरु, पोर्चुगलस्थित वैचारिक तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, समाजसेवी तथा बौद्धिक व्यक्तित्व, व्यवसायी लगायतबाट सल्लाहकारहरु मनोनयन गरिएको कावा महासचिव सुरज बिष्टले जनाए ।
यसैगरी राष्ट्रिय समन्वय परिषदको मातहत रहने गरी विभिन्न क्षेत्रीय समिति गठन, पुनर्गठन प्रक्रियालाई अनुमोदन गर्ने निर्णय भएको समेत संघले जानकारी गराएको छ ।
FOUNDER/CHIEF EDITOR :