अनुमति नै नलिइ राष्ट्रपतिलाई उद्घाटन र प्रधानमन्त्रीलाई समापनको प्रमुख अतिथि भनेर गलत प्रचार गरी नाम दुरुपयोग गर्न खोजेपछि घले समुहलाई कानुनी कार्वाही हुने सम्भावना

अनुमति नै नलिइ राष्ट्रपतिलाई उद्घाटन र प्रधानमन्त्रीलाई समापनको प्रमुख अतिथि भनेर गलत प्रचार गरी नाम दुरुपयोग गर्न खोजेपछि घले समुहलाई कानुनी कार्वाही हुने सम्भावना
www.europenepalikhabar.com २०८२ बैशाख १९ गते शुक्रबार, 2-05-2025


काठमाडौ । शेष घले संयोजक रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले एउटा गुटलाई लिएर भोलि (शनिबार) ए-कता महाधिवेशन गर्ने भन्दै कार्यक्रम तालिका सार्वजनिक गरेको छ।

उद्घाटन सत्रको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल र सम्मानित अतिथि डा. आरजु राणा देउवा हुने तालिकामा उल्लेख छ।

यस्तै समापन सत्रको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली र सम्मानित अतिथि डा. आरजु राणा देउवा हुने तालिकामा उल्लेख छ।

तर यो कार्यक्रमको बारेमा नत राष्ट्रपति कार्यालय शितल निवासलाई थाहा छ, नत प्रधानमन्त्री कार्यालय सिहदरबारलाई नै थाहा छ ! यसरी राज्यको सर्वोच्च संस्थाहरु राष्ट्रपति र प्रधानमन्त्रीको नाम दुरुपयोग गरी विवादमा पार्ने प्रयास भएपछि संयोजक घलेलाई कानुनी कार्वाही हुने सम्भावना रहेको कानुनका जानकारहरु बताउँछन् ।

काठमाडौँको ह्यात होटलमा तीन दिनसम्म चल्ने भनिएको कार्यक्रमको उद्घाटनका लागि बिहान ९:०० बजे अतिथिहरूको आगमन हुने र ९:३५ मा प्रमुख अतिथिबाट उद्घाटन गरिने तालिकामा उल्लेख छ।

तर, उक्त कार्यक्रममा सरकारको सहभागिता हुने सम्भावनाबारे कुनै निकायले यकिन गरेका छैनन्। किनभने, विभागीय मन्त्रालय परराष्ट्रले अहिले महाधिवेशन सम्भव नभएको भन्दै पर सार्नका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ। यस्तो अवस्थामा राष्ट्रपति पौडेल सहभागी हुने गुन्जायस छैन् ।

राष्ट्रपतिका सल्लाहकार किरण पोखरेल भन्छन्, ‘राष्ट्रपतिज्यू भोलि त्यस्तो कुनै कार्यक्रममा जाने विषयमा मलाई केही जानकारी छैन। उहाँहरूले किन त्यसरी कार्यक्रम तालिकामा उल्लेख गर्नुभयो, उहाँहरूले नै जान्ने कुरा हो।’

घले नेतृत्वको समितिकी सदस्यले भने "समितिका तर्फबाट निम्ता दिइएको र निम्तालु कार्यक्रममा उपस्थित हुने नहुने कुनै जानकारी आएको छैन् । हामीले आमन्त्रण गरेका छौँ । उहाँहरूको व्यस्तता के कसो छ, अरु थाहा छैन्  ? 

अहिलेसम्म उक्त अधिवेशनका लागि ६ सयजना जति प्रतिनिधिले नाम दर्ता गराएको जानकारी दिइएको छ । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित