डा. बद्री केसी नेतृत्वमा एनआरएनए एउटै छ, त्यसले आगामी अक्टोबरमा सबैलाई समेटेर महाधिवेशन गर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

डा. बद्री केसी नेतृत्वमा एनआरएनए एउटै छ, त्यसले आगामी  अक्टोबरमा सबैलाई समेटेर महाधिवेशन गर्छ :  प्रधानमन्त्री केपी शर्मा ओली
२०८२ बैशाख ३१ गते बुधबार, 14-05-2025

युरोपनेपाली खबर, पोर्चुगल ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डा बद्री केसी नेतृत्वको ११ औँ कार्यसमितिलाई आगामी अक्टोबरसम्म काम गर्न पाउने वैधानिक अधिकार रहेको भन्दै सहमति र एकताको वातावरण बनाउन आग्रह गर्नुभएको छ । काठमाण्डौमा आयोजित  एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विधि विधान र प्रकृया पुर्याएर ११ औँ महाधिवेशनबाट निर्वाचित भई हाल कार्यरत कार्यसमितिले  नै विधि र विधानपूर्वक आगामी अक्टोबरमा १२ औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै उक्त आग्रह गर्नुभएको हो । यो । उहाँले भन्नुभयो, यो विधिको जमाना हो, यो प्रकृयाको जमाना हो तर यहाँ त स्वेच्छाचारिता हावी भयो यो विल्कुल गलत छ । विधिसम्मत कुरामा प्रधानमन्त्रीको हैसियतमा मेरो र अरु सबैको पनि साथ रहन्छ । प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा भन्नुभयो “हालै निर्वाचित कार्यसमिति २०८२ सालको  कार्तिक ४ गतेसम्म वैध र जिम्मेवार छ । अदालतको पूर्ण बेञ्चमा पुगेको मुद्दाको फैसलाको सार पनि यही हुनुपर्छ ।

डायस्पोरालाई आफ्नो हितका लागि प्रयोग नगर्न सबै राजनीतिक दललाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले विदेशमा बसेर नेपालमा राजनीति गर्न  नहुने बताउनुभयो । उहाँले भन्नुभयो, विदेशमा बसेका नेपालीहरूलाई राजनीति नगर्न सुझाव दिँदै प्रधानमन्त्री ओलीले भने, “विदेशमा राजनीति नगर्नुस्। आपसी चिनजान, संस्कृति आदानप्रदान, भेटघाट, हकअधिकार प्राप्ति र सुरक्षाका निम्ति संस्था निर्माण र सञ्चालन गर्नुहोस्। सङ्कीर्ण सोच र प्रवृत्तिले एकता आउँदैन।”

“नेपाली जो विदेशमा छन्, ती सबै डायस्पोरा हुन् ।  यो संस्था २२ वर्षदेखि नेपालीहरूलाई संगठित गर्दै, विस्तार गर्दै अघि बढिरहेको छ । संस्थाले नेपालीको धर्म, संस्कृति र मूल्य मान्यतालाई कायम राखेर काम गरेको छ ।”प्रधानमन्त्री ओलीले बलियो एकताको सन्देश दिँदै भन्नुभयो, “एक्लै कोही कसैले पनि केही गर्न सक्दैन । हामी सबै मिलेर काम गर्नुपर्छ । जात, धर्म र राजनीतिक आग्रहभन्दा माथि उठेर संस्थालाई अघि बढाउनु आवश्यक छ ।”

केही वर्षयता संस्थाभित्र विकृति देखा परेकोमा चिन्ता व्यक्त गर्दै, उहाँले भन्नुभयो “विगत केही वर्षदेखि संस्थामा विकृति देखिएको छ। हामी सबै मिलेर एकताबद्ध हुनुपर्छ। यो संस्थामा  नेतृत्व चयन गर्न चुनावै आवश्यक छैन। आपसी मिलापबाट पनि निर्णय लिन सकिन्छ।”

प्रधानमन्त्रीले संस्थाको विधान कुनै व्यक्ति वा पदको अनुकूल फेरबदल गर्नु गलत रहेको टिप्पणी गर्दै भन्नुभयो, “यस्ता संस्थामा व्यक्तिका लागि विधान फेरिनु हुँदैन। त्यसरी संस्था सुदृढ र एकतावद्ध हुँदैन।”उहाँले सभ्य संस्कृति र सकारात्मक अभ्यासको प्रशंसा गर्दै भन्नुभयो “सभ्य संस्कृति भनेको संसारका राम्रा कुरा टिपेर आ–आफ्नो समाजमा लागू गर्नु हो। तर स्वार्थका लागि जे पनि गर्न मिल्दैन।” “यो संस्था भोटिङ राइट कहाँ प्रयोग गर्छ भन्ने सँग सम्बन्धित छैन। यसलाई विवादित बनाउन मिल्दैन। यो संस्था सुदृढ एकताका साथ अघि बढ्नुपर्छ।”उहाँले भन्नुभयो । 

संघमा देखा परेको विवादप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले लोकतान्त्रिक पद्धत्तिबाट निर्वाचन हुँदा हारेको समुहले अर्को समानान्तर समुह बनाएर स्वेच्छाचारिता देखाउनु गलत भएको बताउनुभयो । 

उहाँले भर्खरै भेला गरी अर्को सम्मेलन गरेर आफूहरू नै आधिकारिक भएको दाबी गर्ने समूहप्रति आलोचना गर्दै भन्नुभयो,  “उहाँहरूले अस्ति भेला गर्नुभयो, त्यसलाई आधिकारिक भन्नुभयो ।  फेरि निर्वाचित समितिले अर्को सम्मेलन गरेर यो आधिकारिक हो भन्नु अशोभनीय कुरा हो ।”

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित