गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेविरुद्ध सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी (मानहानी) मुद्दा दर्ता भएको छ ।
गएको साउन महिनामा गैरआवासीय नेपाली संघको आन्तरिक विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयन गर्न अस्वीकार गरेपछि घलेविरुद्ध सो मुद्दा दायर गरिएको हो । सर्वोच्च अदालतको दोस्रो फैसलालाई आफूले नचिन्ने भन्दै घलेले आउँदो मे महिनामा "महाधिवेशन" को प्रक्रिया अगाडि बढाएका थिए ।
उक्त कदमलाई अदालतको निर्णयको उल्लंघन मान्दै गैरआवासीय नेपाली संघको ११औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) की महिला उपाध्यक्ष रोजिना प्रधान राई, सचिव राधिका गुरुङ लगायतले सर्वोच्च अदालतमा मानहानी मुद्दा दर्ता गरेका हुन्।
मंगलवार (वैशाख १६) सर्वोच्च अदालतमा सो मुद्दाको सुनुवाइ सुरु भएको छ। यता, नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले पनि मे ३ मा तोकिएको एकता महाधिवेशन छ महिनापछि सार्न अनुरोध गर्दै अदालतमा निवेदन पेश गरिसकेको छ।
शेष घले नेतृत्वको उच्चस्तरीय कार्यदलले एनआरएनएको एकता महाधिवेशन भन्दै अधिवेशनको घोषणा गरेपनि परराष्ट्र मन्त्रालयदेखि संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, वर्तमान अध्यक्ष संसारभरिका एनसीसीहरु सबैले घलेलाई मे को अधिवेशन स्थगित गरी ६ महिनापछि अर्को मिति तय गर्न आग्रह गर्दा पनि घले एक्लै दौडिन खोजेपछि उनीलाइ एकपछि अर्को संकट आइलाग्न सुरु भएको हो । अदालतको आदेशको उल्लंघन गर्दै प्रक्रिया अघि बढाइएको भन्दै यो मुद्दा परेपछि घलेले अधिवेशन नै स्थगित गर्न सक्ने सम्भावनाको आंकलन गरिएको छ ।
FOUNDER/CHIEF EDITOR :