एनआरएनए बृहत एकता महाधिवेशन जनवरी अन्तिममा गर्ने प्रस्ताव, यस्तो छ एकताको लागि ८ बुँदे रोडम्याप

एनआरएनए बृहत एकता महाधिवेशन जनवरी अन्तिममा गर्ने प्रस्ताव, यस्तो छ एकताको लागि ८ बुँदे रोडम्याप
www.europenepalikhabar.com २०८२ कार्तिक १८ गते मंगलबार, 4-11-2025


लिस्बन, पोर्चुगल  ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बृहत एकता महाधिवेशनका लागि ८ बुँदे रोडम्याप सार्वजनिक गरेको छ ।

संघका प्रवक्ता फणिन्द्र पन्तले मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै सबैलाई सहभागी गराउन एमआईएस (MIS) प्रणालीमार्फत सदस्यता अभियानलाई थप एक महिनाका लागि खुला गर्ने घोषणा गरेका छन्।

संघले देश–विदेशमा रहेका सबै नेपालीबीच भरोसायोग्य संस्था बन्ने लक्ष्यसहित, गैरआवासीय नेपाली अभियानमा देखिएका असहमतिको समाधान आपसी संवादबाट खोज्नुपर्ने आवश्यकता औंल्याएको छ। विभाजनका रेखालाई अन्त्य गर्दै संघलाई पुनः एकताबद्ध र सशक्त बनाउन डा. बद्री केसी र महेश श्रेष्ठद्वारा प्रस्तुत ‘बृहत एकताको अवधारणा’ कार्यान्वयन उन्मुख भएको संघले जनाएको छ।

रोडम्यापअनुसार, एनआरएनएले आगामी सन् २०२६ जनवरी ३०, ३१ र फेब्रुअरी १ मा १२औँ महाधिवेशन तथा विश्व सम्मेलन सम्पन्न गर्ने प्रस्ताव गरेको छ।

यसअघि महेश कुमार श्रेष्ठको अध्यक्षतामा रहेको कार्यसमितिले संघभित्र एकता गर्ने औपचारिक निर्णय गरेपछि संघले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।

बृहत एकताको अवधारणा

१)आपसी सह अस्तित्व स्वीकार्दै बृहत एकता सहित १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन संयुक्त रुपमा आयोजना गर्ने। उक्त महाधिवेशन पारदर्शी एवं विश्वासयोग्य रूपमा सम्पन्न गर्न र नियमित कार्यालय सञ्चालन गर्नका लागि डा बद्री केसी र महेश कुमार श्रेष्ठको संयुक्त संयोजकत्वमा सबै पक्षका व्यक्तिहरु समावेश गरी एक स्टेयरिङ समिति (Steering Committee) गठन गर्ने। उक्त समितिले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को विधान २००३ (संशोधन २०२२) बमोजिम निर्वाचन समिति, निर्वाचन अनुगमन समिति, सदस्यता तथा प्रतिनिधि व्यवस्थापन समिति र न्यायिक समिति गठन गर्ने।

२) १२औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सबैजनालाई सहभागी गराउने सुनिश्चित गर्न MIS System बाट थप एक महिनाको लागि सदस्यता आव्हान गर्ने। MIS प्रणालीको पारदर्शिता र निष्पक्षताको लागि सहमतिको आधारमा व्यवस्थापन समिति गठन गर्ने।

३) १२औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सबै पक्षका व्यक्तिहरूलाई प्रतिनिधि बन्न अवसर दिन पुन: महाधिवेशन प्रतिनिधिको आवेदन खुलाउने।

४) १२ औँ महाधिवेशन तथा विश्व सम्मेलन आगामी सन् २०२६ जनवरी महिनाको ३०,३१ र फेब्रुअरी १ तारिकमा सम्पन्न गर्ने।

५) संघमा विगतका १०औं र ११औं महाधिवेशनका सन्दर्भमा देखिएका विभिन्‍न परिस्थितिका कारण गठन भएका कार्यसमितिहरूलाई अभिलेखिकरण गर्ने।

६)एनआरएनको वैधानिकता लगायतका विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले आपसी सहमतिमार्फत समाधान गर्ने।

७) कुनै विषयमा विवाद उत्पन्न भएमा परराष्ट्र मन्त्रालयसँगको समन्वय र सहमतिमा समाधान गर्ने।

८) यस सहमतिको कार्यान्वयन तथा १२ औँ महाधिवेशन र निर्वाचन संघको विधान २००३ (संशोधन २०२२) परिधिभित्र रही गरिनेछ।

प्रेस विज्ञप्ति

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले विश्वभर छरिएर रहेका नेपालीहरूलाई मातृभूमिको सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ। स्थापना कालदेखि नै संघले नेपालीहरूको हक-अधिकार संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन, लगानी तथा व्यवसायिक अवसरको विस्तार, र नेपालसँगको सम्बन्ध सुदृढीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्दै विदितै छ।

वर्तमान परिवर्तित अवस्थामा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अक्टोबर ११ देखि १४ सम्म १२औं महाधिवेशन गर्ने निर्णयलाई संघको एकतालाई मध्यनजर गर्दै वैधानिक व्यवस्थाअनुसार बढीमा ६ महिनासम्मका लागि सारिएको थियो। हालसम्म पनि संघको वैधानिक सर्वोच्चता कायम राख्दै संघलाई एकीकृत रूपमा अघि बढाउने उद्देश्यसहित गैरआवासीय नेपाली अभियानमा फरक धारमा रहेकाहरूलाई समेत समाहित गर्दै अधिकतम लचकता अपनाइरहेको छौँ र बृहत् एकताको वातावरण सिर्जना गर्न प्रयत्नरत छौँ।

देश तथा विदेशमा रहेका सबै नेपालीहरूमाझ भरोसायोग्य संस्था बन्ने लक्ष्यसहित गैरआवासीय नेपाली अभियानमा देखिएका असहमतिको समाधान आपसी संवादबाटै सम्भव रहेको यथार्थलाई स्वीकार गर्दै संघलाई पुनः एकीकृत र एकमत बनाउनुपर्ने गैरआवासीय नेपालीहरुको साझा भावना समेटेर विभाजनका रेखालाई अन्त्य गर्दै, गैरआवासीय नेपाली संघलाई एकताबद्ध बनाउन डा बद्री केसी र महेश श्रेष्ठद्वारा प्रस्तुत निम्नानुसार ‘बृहत एकताको अवधारणा’ कार्यन्वयन उन्मुख भएकों जानकारी गराउँदछौँ। यस एकताको अवधारणालाई मिति २०२५ को २ नोभेम्बरमा अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा बसेको गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११० औँ बैठकले अनुमोदन गरेको छ ।

बृहत एकताको अवधारणा

१)आपसी सह अस्तित्व स्वीकार्दै बृहत एकता सहित १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन संयुक्त रुपमा आयोजना गर्ने। उक्त महाधिवेशन पारदर्शी एवं विश्वासयोग्य रूपमा सम्पन्न गर्न र नियमित कार्यालय सञ्चालन गर्नका लागि डा बद्री केसी र महेश कुमार श्रेष्ठको संयुक्त संयोजकत्वमा सबै पक्षका व्यक्तिहरु समावेश गरी एक स्टेयरिङ समिति (Steering Committee) गठन गर्ने। उक्त समितिले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को विधान २००३ (संशोधन २०२२) बमोजिम निर्वाचन समिति, निर्वाचन अनुगमन समिति, सदस्यता तथा प्रतिनिधि व्यवस्थापन समिति र न्यायिक समिति गठन गर्ने।

२) १२औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सबैजनालाई सहभागी गराउने सुनिश्चित गर्न MIS System बाट थप एक महिनाको लागि सदस्यता आव्हान गर्ने। MIS प्रणालीको पारदर्शिता र निष्पक्षताको लागि सहमतिको आधारमा व्यवस्थापन समिति गठन गर्ने।

३) १२औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सबै पक्षका व्यक्तिहरूलाई प्रतिनिधि बन्न अवसर दिन पुन: महाधिवेशन प्रतिनिधिको आवेदन खुलाउने।

४) १२ औँ महाधिवेशन तथा विश्व सम्मेलन आगामी सन् २०२६ जनवरी महिनाको ३०,३१ र फेब्रुअरी १ तारिकमा सम्पन्न गर्ने।

५) संघमा विगतका १०औं र ११औं महाधिवेशनका सन्दर्भमा देखिएका विभिन्‍न परिस्थितिका कारण गठन भएका कार्यसमितिहरूलाई अभिलेखिकरण गर्ने।

६)एनआरएनको वैधानिकता लगायतका विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले आपसी सहमतिमार्फत समाधान गर्ने।

७) कुनै विषयमा विवाद उत्पन्न भएमा परराष्ट्र मन्त्रालयसँगको समन्वय र सहमतिमा समाधान गर्ने।

८) यस सहमतिको कार्यान्वयन तथा १२ औँ महाधिवेशन र निर्वाचन संघको विधान २००३ (संशोधन २०२२) परिधिभित्र रही गरिनेछ।

अन्त्यमा, गैरआवासीय नेपाली संघ, विश्वभर रहेका नेपाली समुदाय, नेपाल सरकार, सरोकारवाला संघ-संस्था, सहयोगी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, सञ्चार क्षेत्र, तथा समस्त शुभेच्छुकहरूलाई आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछ।

फणिन्द्र पन्त

प्रवक्ता

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित