पोर्चुगलमा एनआरएनए स्थापना दिवस मनाइयो

पोर्चुगलमा एनआरएनए स्थापना दिवस मनाइयो
www.europenepalikhabar.com २०८२ असोज २६ गते आइतबार, 12-10-2025


• नवराज घर्ती 

लिस्बन । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान (NRNA) २२ वर्ष पूरा भएको अवसरमा राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ।

पोर्चुगलको लिस्बनमा आयोजित सो कार्यक्रममा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया सत्रसमेत सम्पन्न भएको थियो। एनसीसी अध्यक्ष बमबहादुर जीसीको अध्यक्षता र महासचिव गुरुपेमा लामाको संचालनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि एनआरएनए युरोप उपसंयोजक रोबोट लिम्बू र विशिष्ट अतिथिका रूपमा आईसीसी सदस्य राजकुमार थापा हुनुहुन्थ्यो। 

त्यसैगरी नवनिर्वाचित आइसीसी सदस्य पास्नुर्बु शेर्पा, निवर्तमान अध्यक्ष उमेशकुमार खड्का, पूर्व आईसीसी सदस्य धनराज शेर्पा, निवर्तमान संरक्षक समितिका सदस्यद्वय यमेन्द्र घर्तीमगर र राजाराम लामिछाने लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।

बक्ताहरूले पोर्चुगलस्थित नेपाली समुदायको हितका लागि गैरआवासीय नेपाली संघ एकजुट भई काम गर्नुपर्नेमा जोड दिनुभएको थियो। यसै क्रममा प्रमुख अतिथि रोबोट लिम्बु र आईसीसी सदस्य राजकुमार थापा, नवनिर्वाचित आइसीसी सदस्य पास्नुर्बु शेर्पा, निवर्तमान अध्यक्ष उमेश कुमार खड्का,पूर्व आईसीसी सदस्य धनराज शेर्पा, निवर्तमान संरक्षक समितिका सदस्यद्वय यमेन्द्र घर्तीमगर र राजाराम लामिछाने लगायतले  आफ्ना भनाइ राख्दै संघले नेपाली समुदायको पहिचान र अधिकार सुदृढीकरणमा निरन्तर योगदान दिइरहेको उल्लेख गर्नुभयो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष बमबहादुर जीसीले सम्पूर्ण उपस्थित एनआरएन अभियन्ता र अतिथिहरूप्रति धन्यवाद व्यक्त गर्दै नेपाली समाज  एकता र सुदृढीकरणका लागि संघले अघि सारेका योजनाहरू साझा गर्नुभयो।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित