एनआरएनए एकता जतिसक्दो चाडैं गर्न कार्यदल गठन !

एनआरएनए एकता जतिसक्दो चाडैं गर्न कार्यदल गठन !
www.europenepalikhabar.com २०८२ कार्तिक १ गते शनिबार, 18-10-2025


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता जतिसक्दो चाडै गर्ने सहमति भएको छ।

संघका उच्चस्रोतका अनुसार अधिकांश विषयमा सहमति जुटिसकेपछि अध्यक्ष डा. बद्री केसी र महेश श्रेष्ठ पक्षबाट तीन–तीन जना प्रतिनिधि रहने गरी वार्ता समिति गठन गरिएको हो।

एकताको लागि भएका सहमतिको विवरण लिपिबद्ध गर्दै अन्तिम टुंग्गोमा पुर्‍याउने उद्देश्यसहित डा. हेमराज शर्माको संयोजकत्वमा रामशरण सिमखडा र सोम सापकोटा सदस्य रहेका कार्यदल गठन गरिएको छ। उक्त कार्यदललाई बाँकी विषयमा सहमति जुटाउने पूर्ण म्यान्डेट दिइएको बताइएको छ।

यसअघि गत साता सम्पन्न महेश श्रेष्ठ पक्षको कार्यसमिति बैठकले श्रेष्ठ, बी.आर. लामा र आर.के. शर्मा रहेको अर्को कार्यदल गठन गरेको थियो।

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा आज (शनिबार) बसेको पदाधिकारी बैठकले एकताको खाका तयार गर्न कार्यदललाई निर्देशन दिएको छ। सो समितिमा संस्थाका महासचिव गौरीराज जोशीको नाम प्रस्ताव गरिए पनि उनैको प्रस्तावमा उपमहासचिव सोम सापकोटालाई समावेश गरिएको हो ।

चार वर्षदेखि जारी विवादको अन्त्यका लागि अध्यक्ष डा. बद्री केसी र महेश श्रेष्ठबीच सैद्धान्तिक सहमति भए पनि, विगतमा निर्वाचनमा पराजित भएका तथा संघको मूलधार छोडेका व्यक्तिहरूलाई पुनः भागबन्डामा सहभागी गराउने विषयमा मतभेद रहँदा एकता प्रक्रिया रोकिएको बताइएको छ।

यसबाहेक, सर्वोच्च अदालतले खारेज गरिसकेको तीन अध्यक्षीय प्रणालीलाई कसरी सम्बोधन गर्ने भन्ने कानूनी जटिलता पनि एकता प्रक्रियाको मुख्य चुनौतीका रूपमा रहेको स्रोतले जनाएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित