मेरो भ्वाइस र मेरो डान्स युनिभर्सको पोर्चुगलमा हुने अडिसनको लागि आइपुग्न थाले अतिथि र सहभागीहरु

मेरो भ्वाइस र मेरो डान्स युनिभर्सको पोर्चुगलमा हुने अडिसनको लागि आइपुग्न थाले अतिथि र सहभागीहरु
www.europenepalikhabar.com २०८१ फागुन १ गते बिहीबार, 13-02-2025


मेरो भ्वाइस र मेरो डान्स युनिभर्सको पोर्चुगलमा हुने अडिसनको अन्तिम चरणमा

युरोपनेपाली खबर, पोर्चुगल —फेब्रुअरी १५ र १६  तारिख हुने अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स दोस्रो संस्करण युरोप अन्तर्गत पोर्चुगलको राजधानी लिस्बनको अडिसनका लागि विभिन्न देशहरूबाट अतिथि, निर्णायक र सहभागीहरु पोर्चुगल आइपुग्न थालेका छन् । 

आगामी आइतबार पोर्चुगलको राजधानी लिस्बनस्थित लव लिस्बन रेस्टुरेन्टमा हुने अडिसनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समिति पोर्चुगलका दिपेश बिक्रम बिष्टले बताए ।

इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाद्वारा आयोजित यस प्रतियोगितामा प्रमुख अतिथिको रूपमा उक्त संस्थाका कार्यकारी निर्देशक चुडामणि भट्टराई अमेरिकाबाट बुधबार लिस्बन आइपुगेका छन् ।

यसैगरी पोर्चुगलको लागि गायन र नृत्यतर्फ निर्णायकको भूमिका निर्वाह गर्न सुनाम, केशव पौडेल, रुपेश उप्रेती, र देवी गर्वुजा लगायत युरोपका विभिन्न  देशहरुबाट प्रतियोगीहरु पनि लिस्बन आउन थालेका छन् ।

नेपाली सांस्कृतिक एकताको अभियान भन्ने मूल नाराका साथ उक्त दुई रियालिटी शोहरु हुन गइरहेको हो ।

संसारका ५२ देशमा बसोवास गरिरहेका नेपालीको सक्रिय सहभागितामा भएको पहिलो सिजनको सफलताले गर्दा अब दोस्रो सिजन सुरु भएको हो ।

इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन २ को घोषणा गरेको छ। यो रियालिटी शो नेपाली कला, संस्कृति प्रवर्द्धन गर्दै नेपालीभाषी प्रतिभाहरुलाई विश्वव्यापी मंच प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

 दुवै प्रतियोगिताको पुरस्कार राशी:

- विजेता : १/१ करोड नेपाली रुपैयाँ।  

- दोस्रो स्थान : २५/२५ लाख।  

- तेस्रो स्थान : १०/१० लाख।  

नेपालीभाषी प्रतिभाहरुले आफ्नो कला प्रदर्शन गरी विश्वसामु पहिचान बनाउन यो सुनौलो अवसरलाई सदुपयोग गर्न आह्वान गरिएको छ । 

अडिसन हुने स्थानहरू:

नेपाल: झापा, बाँके, पोखरा, काठमाडौं।

भारत: सिलिगुरी, मुम्बई।

युरोप: बेलायत, पोर्चुगल।

पूर्वी एशिया: थाइल्याण्ड, हङकङ, जापान।

मध्यपूर्व: दुबई, कतार।

अष्ट्रेलिया: सिड्नी।

अमेरिका।

योग्यता:

नेपाली मूल र नेपालीभाषी।

उमेर सीमा: नेपालका लागि: १६ वर्ष।

अन्यत्र: १८ वर्ष।

आधिकारिक परिचयपत्र आवश्यक।

विशेषता:

प्रत्येक एपिसोड नेपाली संस्कृति र राष्ट्रिय भावना झल्काउँदै सुरु हुनेछ।

फाउण्डेसनको वेबसाइटबाट आवेदन दिन सकिने।

दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा अष्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा, र नेपालका झापाको दमक, बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना गरिने भएको छ।

सहभागी हुन चाहने प्रतिष्पर्धीले फाउण्डेसनको वेभसाइटबाट आवेदन दिन सक्ने छन्। विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरुलाई थप प्रतिष्पर्धाका लागि नेपालको राजधानी काठमाडौं लगिने छ। भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस प्रतिष्पर्धीहरु काठमाडौं लगिने छन्।

उक्त रियालिटी शोमा आबद्ध हुन कस्तो प्रक्रियाहरू छन् ?

दुबै शोका विजेतालाई १ करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ। दोस्रो हुनेलाई २५ लाख रुपैयाँ र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने छ। यो प्रतियोगितामा सहभागी हुनका लागि सबै प्रतियोगीहरु नेपाली मूलका हुनु अनिवार्य छ। प्रतियोगीहरु नेपालीभाषी हुनुपर्ने छ।

गैर नेपाली भाषीलाई यो प्रतियोगितामा समावेश गरिने छैन। दुबै प्रतियोगिताका लागि प्रतियोगीको न्युनतम उमेर १८ बर्ष पूरा भएको हुनुपर्ने छ। नेपालका लागि १६ बर्ष उमेर पुगेको ब्यक्ति सहभागी हुन पाउने छन्।

अडिसनको समयमा अडिसन स्थलमा नै प्रतियोगीको उमेर खुलेको आधिकारिक परिचयपत्र देखाउनु पर्ने छ ।आधिकारिकताको परीक्षण अडिसन स्थलमै हुने छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित