युरोपनेपाली खबर ।
लिस्बन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको १० औं महाधिवेशन आगामी २० जुलाई आइतबार लिस्बनमा हुने भएको छ । महाधिवेशनको प्रमुख अतिथिमा केन्द्रीय अध्यक्ष डा. बद्री केसीलाई आमन्त्रण गरिने निर्णय भएको जनाइएको छ ।
अप्रिल ६ तारिख आइतबार बसेको एनसीसी पोर्चुगलको बैठकले सो निर्णय गरेको अध्यक्ष उमेशकुमार खड्काले जानकारी दिए ।
हेर्नुहोस् एनआरएनए पोर्चुगलले सार्वजनिक गरेको निर्णय जस्ताको तस्तै :
आज मिति ६ अप्रिल २०२५ आइतबारका दिन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद(NRNA- NCC, Portugal), पोर्चुगलको बैठक अध्यक्ष श्री उमेशकुमार खड्काको अध्यक्षता तथा महासचिव सुरज बिष्टको संचालन एवं आइसीसी सदस्य राजकुमार थापा र शान्ति अर्याल अधिकारीको उपस्थितिमा बसी निम्न बमोजिम निर्णयहरु गरिएको जानकारी गराईन्छ ।
१) एनआरएनए पोर्चुगलको १० औं महाधिवेशन आगामी २० जुलाई २०२५ आइतबारका दिन लिस्बनमा गर्ने निर्णय गरियो । महाधिवेशनको प्रमुख अतिथिमा केन्द्रीय अध्यक्ष डा. बद्री केसीलाई आमन्त्रण गरिने छ ।
२) गैरआवासीय नेपाली संघ एनसीसीको प्रमुख संरक्षक, संरक्षक परिषद सदस्यहरु, प्रमुख सल्लाहकार एवं सल्लाहकारहरु र पोर्चुगलस्थित विभिन्न संघसंस्थाका अध्यक्ष/ प्रतिनिधिहरु, एनसीसी कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र एनआरएनए क्षेत्रीय समितिहरुको समेत सहभागितामा बृहत बैठक यही अप्रिल १३ तारिख दिनको २ बजे काष्ठमण्डप सुपर मार्कादुको हलमा
(Av. Almirante Reis 100) आयोजना गरिने भएकोले सबैलाई जानकारीका लागि अनुरोध गरिन्छ ।
३) एनसीसी पोर्चुगलको महाधिवेशनको लागि निर्वाचन समिति, विधान परिमार्जन समिति लगायत अन्य आवश्यक समितिहरु उपयुक्त समयमा गठन गरिनेछ ।
४) संस्थाका सम्बन्धमा इमर्जेन्सी कुनै निर्णय गर्नु परेमा अध्यक्ष र का. महासचिवलाई जिम्मेवारी दिइयो ।
५) विपद् व्यवस्थापन लगायत पोर्चुगलको समसामयिक सामाजिक सवाललाई प्रभावकारी बनाउन नेपाली दूतावास लिस्बन पोर्चुगलसंग समन्वयको पहल गर्ने निर्णय गरियो ।
६)एनआरएनए पोर्चुगलको पन्जीकृत सदस्यताको नवीकरण तथा नयाँ वितरणबारे :
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA- NCC, Portugal) पोर्चुगलका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) बाट स्वीकृत भइ आए बमोजिम सन् २०२५-२७ कार्यकालको लागि SMART NRNA एपबाट पन्जिकृत सदस्यता खुलाइ वितरण तथा स्वीकृति गर्ने कार्य अगाडि बढिरहेकोले पोर्चुगलबासी नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइ तथा महानुभावहरुलाई नियम बमोजिम मे महिनाभित्र सदस्यता नवीकरण गर्न वा नयाँ भर्नु हुन बैठकले पुनः अनुरोध गरिएको छ ।
अघिल्लो २०२३-२५ कार्यकालमा पन्जीकृत सदस्यता लिनु भएकाका महानुभावहरुले SMART NRNA एपबाट नै आफ्नो विवरणहरु अपडेट गरी आवश्यक शुल्क तिरेर सदस्यता नवीकरण गराउन सक्नु हुनेछ । SMART NRNA एपको पासवोर्ड विर्सनु भएको भए Forget Password मा गएर नयाँ पासवोर्ड राख्न सक्नु हुनेछ ।
पन्जीकृत सदस्यता प्राप्त गर्दा अप्नाउनु पर्ने प्रक्रिया, नीति, नियम, कर्तव्य र आचारसंहिताको सम्पूर्ण जानकारी यसै पोस्टको पहिलो कमेन्टमा हेर्नुहुन अनुरोध गरिन्छ ।
बैक विवरण :
सदस्यता शुल्क : १० युरो ।
NIB : PT50007900003067629010180
A/C Name : Associacao Nepaleses Residentes Portugal (NRN Portugal)
Bank Name : EuroBic
उमेशकुमार खड्का
अध्यक्ष
सुरज बिष्ट
कार्यवाहक महासचिव
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA- NCC, Portugal) पोर्चुगल ।
६ अप्रिल २०२५
FOUNDER/CHIEF EDITOR :