युरोपनेपाली खबर, लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ एकता घोषणाको अन्तिम तयारी भइरहेको संघ सम्बद्ध श्रोतले जनाएको छ । कुनै ठूलो चलखेल भएन भने आगामी शुक्रबार (२८ नोभेम्बर) एकताको घोषणा हुनेछ ।
विगत ४-५ बर्ष देखि विभाजित भएर छुट्टै गतिविधि गर्दै आएको समूह अब डा. बद्री केसीले नेतृत्व गरेको संस्थापन मुलधारमा समाहित हुन लागेको हो ।
एकतापछि संघको १२ औं महाधिवेशन आयोजना गर्न ७-११ सदस्यीय स्टेरिङ कमिटी बन्नेछ भने उक्त कमिटीको संयोजकमा डा. बद्री केसी र महेश श्रेष्ठ रहने तयारी गरिएको छ । संघको १२ औं महाधिवेशन आगामी जनवरी अन्तिम वा फेब्रुअरीमा आयोजना हुनेछ । स्टेरिङ कमिटीमा रहेका व्यक्तिहरुले १२ औं महाधिवेशनको निर्वाचनमा भाग लिन पाउने छैनन् ।
FOUNDER/CHIEF EDITOR :