चेकमा प्रवासी नेपाली मञ्चको पाँचौँ अधिवेशन सम्पन्न, प्रहलाद थापाको नेतृत्वमा नयाँ कार्यसमिति

चेकमा प्रवासी नेपाली मञ्चको पाँचौँ अधिवेशन सम्पन्न, प्रहलाद थापाको नेतृत्वमा नयाँ कार्यसमिति
www.europenepalikhabar.com २०८३ असोज १० गते, शनिबार, 26-09-2026


 प्रवासी नेपाली मञ्च चेकको पाँचौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले प्रहलाद थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नेकपा एमालेसम्बद्ध प्रवासी नेपाली मञ्चको अधिवेशन प्रनेम अन्तर्राष्ट्रीय कमिटी सदस्य तथा चेकका लागि इन्चार्ज हेमराज जोशीको प्रमुख आतिथ्यता र प्रनेम युरोप कमिटीका अध्यक्ष सालिक थापलियाको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रनेम सचिवालय सदस्य ईश्वर देवकोटा, एनआरएनका महासचिव डा. चिरञ्जीवी खड्का, एनआरएन चेक महासचिव बिनोद रिमाल, कोषाध्यक्ष राज धिताल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।

पाँचौँ अधिवेशनबाट अध्यक्षमा प्रहलाद थापा, उपाध्यक्षमा रमा धिमाल र सचिवमा प्रदीप खड्का चयन भएका छन् । त्यस्तै उपसचिवमा मनिता धिमाल र लक्ष्मी अर्याल तथा संगठन तथा आर्थिक विभाग प्रमुखमा केशव राज आचार्य चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा बिन्निता आचार्य, कमला थापा, अम्बिका पाण्डे र विशाल श्रेष्ठ रहेका छन्।

मञ्चको सल्लाहकारमा दुर्गा अर्याल, लालबहादुर पन्थ, यदुराम पन्थी, उत्तम कुमार आचार्य, छत्र बहादुर अधिकारी, अर्जुन साककोटा र शिवलाल खराल रहेका छन्।

अधिवेशनका वक्ताहरूले चेक गणतन्त्रमा रहेका नेपाली समुदायबीच आपसी एकता, सहकार्य र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन प्रवासी नेपाली संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।

कार्यक्रममा चेकमा रहेका नेपालीहरूको सुख–दुःखमा साथ दिँदै समुदायसँग निरन्तर समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो। साथै नेपाल र चेक गणतन्त्रबीचको सामाजिक, सांस्कृतिक तथा मानवीय सम्बन्धलाई थप सुदृढ बनाउन प्रवासी नेपाली समुदायको सक्रिय सहभागिता महत्वपूर्ण हुने धारणा व्यक्त गरिएको थियो।

वक्ताहरूले नेपाली समुदायसँग जोडिएर मञ्चले गर्दै आएका गतिविधिलाई निरन्तरता दिँदै आगामी दिनमा संगठनात्मक तथा सामुदायिक कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए।

नवनिर्वाचित कार्यसमितिले प्रवासमा रहेका नेपालीहरूको हित, आपसी एकता र सहकार्यलाई प्राथमिकतामा राख्दै मञ्चका गतिविधिलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

चेकमा नेपाली समुदायसँग जोडिँदै प्रवासी नेपाली मन्च 

कार्यक्रममा उपस्थित अतिथिहरूले चेकमा प्रवासी नेपाली मंचले सञ्चालन गरिरहेको साङ्गठनिक गतिविधि तथा नेपाली समुदायसँगको निरन्तर सहकार्यप्रति खुसी व्यक्त गरेका थिए।

अतिथिहरूले चेकमा रहेका नेपालीहरूको दुःखसुखमा साथ दिँदै समुदायसँग जोडिन सफल भएकोमा प्रशंसा गर्दै, चेकमा रहेका नेपाली समुदाय र नेपालबीचको सम्बन्धलाई थप मजबुत बनाउन प्रवासी नेपाली मन्चले गरिरहेका विभिन्न गतिविधि तथा पहलहरू महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए।

नेपाल र चेकबीचको सामाजिक, सांस्कृतिक तथा मानवीय सम्बन्धलाई थप बलियो बनाउन प्रवासमा रहेका नेपाली संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए।

नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना

पाँचौँ अधिवेशनबाट नयाँ जिम्मेवारी प्राप्त गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

नयाँ कार्यसमितिले प्रवासमा रहेका नेपालीहरूको हित, एकता र सहकार्यलाई केन्द्रमा राख्दै संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

अधिवेशनमा सहभागी अतिथि तथा प्रतिनिधिहरूले नवनिर्वाचित अध्यक्ष थापासहित सम्पूर्ण पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित