एनआरएनएको ११८ औं आइसीसी बैठक सम्पन्न, अनुशासन समिति र विधान समिति गठन, यस्ता छन् निर्णयहरु

एनआरएनएको ११८ औं आइसीसी बैठक सम्पन्न, अनुशासन समिति र विधान समिति गठन, यस्ता छन् निर्णयहरु
www.europenepalikhabar.com २०८३ मंसीर ६ गते, आइतबार, 22-11-2026


लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आइतबार सम्पन्न ११८ औं आइसीसी बैठकले अनुशासन समिति र विधान समिति गठन गरेको छ। बैठकले अनुशासन समितिको संयोजकमा रतन झालाई चयन गरेको छ भने विधान समितिको संयोजकमा महासचिव डा. चिरन्जीवी खड्का रहेका छन् ।

बैठकले अनुशासन समितिको संयोजकमा रतन झालाई चयन गरेको छ। समितिको सदस्यमा सपिला राजभण्डारी, मन केसी, देवी बस्नेत र डा. देवमान डंगोल रहेका छन्।

त्यसैगरी, डा. चिरञ्जीवी खड्काको संयोजकत्वमा विधान समिति गठन गरिएको छ। समितिको सल्लाहकारमा डा. बद्री केसी, महेश श्रेष्ठ, आके शर्मा, विनोद कुँवर, गौरीराज जोशी, बिआर लामा र ओम गुरुङ रहेका छन्।

विधान समितिको सदस्यमा दिनेश घिमिरे, डा. नवराज रोस्यारा, दीपक गौतम, पारमणि पोखरेल, दीपक ओली, स्वतन्त्र प्रताप शाह, अनुजा प्रधान, राजेन्द्र अर्याल, मोहम्मद मुक्तादा मुसलमान, बेदराज बस्नेत, विनोद कार्की, प्रकाश धमला, कृष्ण पोखरेल र नारायण काफ्ले रहेका छन्।

बैठकमा आगामी ११औँ एनआरएनए एसिया प्यासिफिक सम्मेलन–२०२६ को तयारी, विश्व महिला कन्फेरेन्स, विश्व ज्ञान सम्मेलन, विश्व दोस्रो पुस्ता सम्मेलन र संघको सचिवालय सञ्चालन तथा राष्ट्रिय खेलकुदलगायतका विषयमा पनि छलफल भएको थियो ।

बैठकले आगामी सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने, सचिवालयको सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा संघका विभिन्न गतिविधिलाई योजनाबद्ध रूपमा अघि बढाउने विषयमा छलफल गरेको थियो।

त्यसैगरी, राष्ट्रिय खेलकुदलगायत संघका आगामी कार्यक्रम र गतिविधिलाई अगाडि बढाउने विषयमा समेत बैठक केन्द्रित रहेको प्रधानले बताइन्।

अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षता र महासचिव डा. चिरन्जीवी खड्काको संचालनमा सम्पन्न बैठकले संघको संस्थागत सुदृढीकरण, समितिहरूको गठन तथा आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकता दिएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित